National News

एक बर्ष रोकिएको तलव पाए क्रिकेट खेलाडीले

Sharad Vesawkar grabbed four-wickets to restrict Kenya for 155 in 46.1 ov. Photo - Umesh Shresha

नेपाल क्रिकेट सघ क्यान निलम्बनमा परेपछि तलव खान नपाएका नेपाली क्रिकेट खेलाडीलाइ अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले एक वर्षको तलब पठाएको छ ।

आन्तरीक विवादका कारण आइसीसीको निलम्बनमा परेको क्यानसगै खेलाडीको मासिक तलव करीव एक बर्षसम्म रोकिएको थियो । तर आइसिसिले करीव दुइ महिना अगाडी नेपाली खेलाडीको तलव आफुले दिने भनेपछि खेलाडीलाइ राहत भएको थियो । जसका कारण आइसीसीले एशोसिएसनलाई दिने रकमबाट काटिने गरी हालै मात्र ३३ क्रिकेटरको सन् २०१६ को तलब पठाएको हो ।
क्रिकेट टिमका प्रशिक्षक र म्यानेजरले यो वर्षमा खेलेका खेलाडीहरुको नाम पठाएको थियो ।

क्रिकेट संघले आईसीसीबाट निलम्बनमा पर्नुअघि ए, बी सी र डी गरेर खेलाडीको ग्रेडिङ गर्दै तलब तोकेको थियो । त्यसबेला ए ग्रेडका खेलाडीले मासिक ३५ हजार, बी ग्रेडले २५ हजार र सी ग्रेडले मासिक १० हजार तथा डी ग्रेडमा रहेका खेलाडीले पाच हजार तलब पाउने व्यवस्था गरिएको थियो ।

Comments:

comments

About the author

News Staff

Latest News