दक्षिण अफ्रिकाविरुद्दको पहिलो टेष्टमा इङ्ल्यान्डको २ सय ११ रनको शानदार जित

दक्षिण अफ्रिकाविरुद्दको पहिलो टेष्टको चौथो दिन इङ्ल्यान्डले २ सय ११ रनको शानदार जित दर्ता गरेको छ । १ विकेटको क्षतिमा १ सय १९ रन बनाएको अवस्थामा चौथो दिनको खेल सुरु गरेको इङ्ल्यान्डले दोश्रो इनिङ्समा सबै विकेट गुमाएर २ सय ३३ रन बनाएको थियो ।

पहिलो इनिङ्समा ४ सय ५८ रन बनाएको इङ्ल्यान्डले दोश्रो इनिङ्समा २ सय ३३ रन बनाएपछि दक्षिण अफ्रिकाले ३ सय ३० रनको विजय लक्ष्य पाएको थियो । ३ सय ३० रनको विजय लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गरेको दक्षिण अफ्रिका सम्हालिन नसक्दा फराकिलो अन्तरमा हार चाख्न बाध्य भयो । दक्षिण अफ्रिकाको पारी ध्वस्त बनाउनेक्रममा बायाँ हाते स्पिनर मोइन अली नायक बने ।

© Getty Images

१५ ओभर बलिङ गरेका उनले ५९ रन खर्चिदै ६ विकेट हात पारे । अलीलाई साथ दिएका अर्का स्पिनर लियम डोसनले ३४ रन खर्चिएर २ विकेट लिए ।

इङ्ल्यान्ड भ्रमणमा रहेको दक्षिण अफ्रिकी टोलीले ४ टेष्ट श्रृंखला खेल्नेछ । यी दुई टोलीबिचको दोश्रो टेष्ट १४ जुलाईमा नाटिङघममा हुनेछ ।

Comments:

comments

Latest News