International News

श्रीलंकालाई हराउदै ८ बर्षपछि जिम्वावेले विदेशी भुमिमा जित्यो शृंखला

श्रीलंका विरुद्धको पाचौ तथा अन्तिम एकदिवसिय खेलमा जिम्वावे तीन विकेटले विजयी भएको छ । जितसंगै जिम्वावले पाँच खेलको शृंखला ३-२ ले आफनो पक्षमा पारेको छ । जिम्वावेले विदेशी भुमीमा शृंखला जितेको आठ बर्षपछि पहिलो पटक हो ।

श्रीलंकाको हम्बनटोटामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टिमले ५० ओभरमा आठ विकेट गुमाउदै २०३ रन बनायो । उसका चार खेलाडीलेमात्र राम्रो प्रदर्शन गर्न सके । तीन रन हुदा पहिलो विकेट गुमाएको श्रीलंकाले ३१ रन हुदा तीन विकेट खेर फालेको थियो । एक सय १९ रन बनाउदा महत्वपुर्ण पाँच विकेट गुमाएको श्रीलंकाले अन्तत २०३ रन मात्र बनाउन सक्यो ।

Photo: AFP/Cricinfo

उसका लागि एस्ले गुनरत्नेले ५९ रन बनाउदा धनुस्क गुनथिलाकाले ५२ रन बनाए । यस्तै कप्तान एञ्जेल म्याथुजले २४ रनको योगदान गरे । श्रीलंकालाई कम स्कोरमा रोक्न जिम्वावेका स्पिन्नर द्दोय सिकन्दर राजाले तीन तथा ग्रेमी क्रेमेरले दुई विकेट लिए ।

जवाफमा जिम्वावेले ३८ ओभर एक बलमा सात विकेट गुमाउदै लक्ष्य पुरा गरयो । किर्तीमानी सिरिज दिलाउन उसका लागि हामिल्टन मासाकाजाले ७३ तथा सोलोमोन मिरेले ४३ रन बनाए । यस्तै तारिसेइ मुसाकान्दाले ३७ र सिकन्दर राजाले २७ रनको योगदान गरे ।

प्रतियोगितामा प्लेयर अफ दी सिरीज जिम्वावेका मासाकाजा बने ।

विदेशी भुमीमा जिम्वावेले श्रृखला जितेको २००९ पछि पहिलो पटक हो ।

Most Popular

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Subscribe !

Subscribe to our email newsletter


Copyright © 2017 Cricnepal.com. All Rights Reserved.

To Top