एञ्जेलो म्याथुज त्यागे कप्तानी आखिर किन

जिम्वावेसंग तीन दुईले एकदिवसिय श्रृखला गुमाएपछि श्रीलंकाका एञ्जेलो म्याथुजले कप्तान पदबाट राजिनामा दिएका छन ।

आठ बर्षपछि जिम्वावेले विदेशी भुमिमा पहिलो पटक श्रृखला हात पार्दा श्रीलंकालाई एकदिवसिय उसकै मैदानमा तीन दुईले हराएको थियो । जसका कारण नैतिकताका आधारमा म्याथ्युजले तीन वटै फरम्याटबाट राजिनामा दिएका छन । उनले श्रीलंकालाई एकदिवसिएमा ९८, टेष्टमा ३४ र १२ वटा टी ट्वान्टी खेलमा कप्तानी गरेका थिए । यो विचमा २०१५ को विश्वकप, २०१६ को टी ट्वान्टी विश्वकप र २०१७ को च्याम्पियन्स ट्रफिमा टिमले राम्रो नतिजा निकाल्न सकेको थिएन ।

टेष्टमा पनि न्युजिल्याण्डसंग तीन शुन्यको ह्वाइटवास भएपछि टिमको ठुलो आलोचना भएको थियो । ब्यक्तिगत रुपमा म्याथ्युजका लागि २०१४ भने उत्कृष्ट रहयो । सो बर्ष उनले कुल एक हजार तीन सय १७ रन बनाएका थिए ।

Comments:

comments

About the author

News Staff

Latest News