National News

तिलोत्तमा प्रिमियर लिग टि-ट्वान्टी क्रिकेट, विजेताले २ लाख पाउने

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा तिलोत्तमा प्रिमियर लिग टि-ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । तिलोत्तमा क्रिकेट बिकास समितिले असोज २२ गतेदेखि ३१ सम्म पश्चिमाञ्चलमै पहिलो पटक प्रिमियर लिग संचालन गर्न लागेको हो ।

समितिले आज मणिग्राममा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिता सम्बन्धि जानकारि गराएको छ । रुपन्देही जिल्लाका बिद्यालय स्तरदेखि जिल्ला, क्षेत्रिय र राष्ट्रिय स्तरका खेलाडिहरुको सहभागिता रहने प्रतियोगितामा टिम क्याप्टेन बाहेक अन्य सबै खेलाडिहरु अक्सन मार्फत निर्धारण गरिने आयोजकले जानकारी गराए । तिलोत्तमा ६ स्थित १० नम्बरमा रहेको नवजिवन क्लवको खेल मैदानमा संचालन हुने प्रतियोगितामा रुपन्देहीका ८ टिमको सहभागिता रहने बताईएको छ ।

तिलोत्तमा नगरपालिकाबाट नुसी वारियर्स, रोयल शंकरनग, ज्ञानोदय गोल्ड र एन.एस.सि.ए. टाईगर्स त्यस्तै बुटवल उपमहानगरपालिकाबाट बुटवल फाईटर्स, गोलपार्क लायन्स साथै शिद्धार्थनगर नगरपालिकाबाट बुम रक्स् र लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट लुम्बिनी कसाई गरि ८ टिमको सहभागिता रहने खेल संयोजक दिपक भुर्तेलले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुने टिमले २ लाख सहित ट्रफि, मेडल र प्रमााणपत्र प्राप्त गर्नेछ भने द्धितिय हुनेले नगद १ लाख सहित ट्रफि, मेडल र प्रमााणपत्र प्राप्त गर्नेछ । त्यस्तै म्यान अफ द सिरिजलाई नगद १५ हजार ट्रफि, र प्रमााणपत्र, बेष्ट वलर र वेष्ट म्यानलाई ७ हजार ५ सय ट्रफि, र प्रमााणपत्र र ईमर्जिङ प्लेयसलाई ५ हजार सहित ट्रफि, र प्रमााणपत्रले पुरस्कृति गरिने आयोजकल जानकारी दिए ।

त्यस्तै २५ हजारको टिम फेयर प्ले अवार्ड रहेको प्रतियोगितामा प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजारले पुरस्कृत गरिने बताईएको छ । प्रतियोगिता संचालन गर्नका लागि ३० लाख खर्च लाग्ने बताईएको छ ।

Latest News

To Top