Nepal U19 Cricket

नेपालले भोली मलेसियासग खेल्ने, विश्वकपमा स्थान बनाउन अब विपक्षीको भर

सन् २०१८ मा न्युजिल्यान्डमा हुने अन्डर नाइन्टिन विश्वकप छनोटका लागि हाल सिंगापुरमा रहेको नेपाली युवा टिमले भोली मलेसियासंग खेल्दैछ ।

पहिलो चरणमा अफगानिस्तानसंग एक सय ४१ रनको हार ब्यहोरेका कारण नेपालको विश्वकप यात्रा गम्भिर मोडमा पुगेको छ । नेपालले हालसम्म चार खेल खेलिसक्दा तीन मा जित र एक हार ब्यहोरेको छ । जसका कारण अंक तालिकामा नेपाल अफगानिस्तान भन्दा तल रहेको छ । नेपाललाई विश्व कपमा छनोट हुन बाकी दुई खेल जित्नु पर्ने छ भने अफगानिस्तानले हार्नुपर्नेछ । नेपाल भोली मलेसिया विरुद्ध खेल्दैछ ।

अफगानिस्तानले नेपाल र सिंगापुर विरुद्ध खेल्न बाकि छ । त्यसमध्ये भोली सिंगापुरले अफगानलाई हराएमा र नेपालले पनि अन्तिम खेलमा पराजित गरेमा नेपालको विश्वकप खेल्ने सम्भावना हुनेछ । अन्यता नेपालको सम्भावना कठिन हुनेछ । नेपालको हालसम्म ब्याटिङ राम्रो चल्न सकेको छैन । सिङ्गापुरविरुद्ध अघिल्लो खेलमा दीपेन्द्रसिंह ऐरीले ५४ रन बनाउनु बाहेक अन्य कुनै ब्याट्सम्यानले प्रभावशाली ब्याटिङ गर्न सकेका छैनन् । बलिङमा भने नेपालले प्रभाव जमाउदै आएको छ । कप्तान सन्दीप लामिछानेले चार खेलमा १६ विकेट लिदै सर्वाधिक विकेट लिने खेलाडीको सुचिमा शिर्ष स्थानमा छन ।

उनी पछि अफगानिस्तानका मुजिबले चार खेलमा १३ विकेट लिएका छन् । यसबाहेक पवन सरार्फले ७ विकेट लिएका छन । नेपालको जितमा हालसम्म कप्तान सन्दीपले महत्वपूर्ण खेलाडी बन्दै आइरहेका छन् । नेपालले ४ खेल खेलिसक्दा दीपेन्द्र बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले ५० रन पनि कटाउन सकेका छैनन् । नेपालले धेरै आशा राखेको प्रारम्भिक ब्याट्सम्यान आसिफ शेखले चार खेलमा ३६ रन मात्र बनाएका छन । यस्तै ब्याटिङमा भरोसा गरिएका सन्दीप सुनारले पनि ३५ रन मात्र बनाएका छन्। नेपालको अहिलेसम्म एक पल्ट मात्र विपक्षी टोलीविरुद्ध १ सयभन्दा बढि रन बनाएको छ । सिङ्गापुरविरुद्ध दोस्रो खेलमा नेपालले १ सय ६८ रन बनाएको थियो । नेपालले पहिलो चरणमा मलेसियालाई पाच विकेटले हराएको थियो ।

Comments:

comments

About the author

News Staff

Latest News