भारतमा नेपाली युवा टिमको जितको यात्रा कायमै

नेपाली युवा क्रिकेट टोलीले अभ्यास खेलमा लगातार तेस्रो जित हात पारेको छ । आइतबार ग्रेटर नोयडामा भएको खेलमा नेपालले घरेलु टिम आरपी सिंह क्रिकेट एकेडेमीलाई ६० रनले पराजित गरयो ।

दिल्ली ग्रेटर नोयडा स्थित सहिद विजय पाथिक स्पोट्र्स कम्प्लेक्समा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४५ ओभर दुइ बलमा एक सय ७६ रनमा अलआउट भयो । नेपालका लागि ओपनर सन्दिप सुनारले ६३ बलको सामना गर्दै ४६ रन बटुले । त्यस्तै प्रनित थापा मगर ३३ रन बनाउँदै रन आउट भए । दिपेन्द्र सिंह ऐरीले ३९ रन जोडे । आरपी सिंह एकेडेमीका हर्षित सेठीले ४ विकेट लिए ।

एक सय ७७ रनको लक्ष्य पछ्याएको घरेलु टोली ३२ ओभर पाच बलमा एक सय १६ रनमा सिमित भयो । नेपाली युवा बलर पवन शराफ र सहाब आलामले समान ३ विकेट लिए । त्यस्तै सन्दिप लामिछानेले २ रिजन ढकाल र ललित राजवंशीले समान १ विकेट लिए । आरपी सिंह किकेट एकेडेमीका लागि ओपनर उत्कर्ष सोरीले २८ रन, बबी यादवले २६ र स्पर्श जोशीले २४ रन बनाए । नेपाली टिम आइसीसी यू १९ विश्व कप छनोटको तयारीका क्रममा विशेष प्रशिक्षण र केही अभ्यास खेलको लागि युवा टोली भारतको यात्रामा निस्केको थियो । जसमा नेपालले पहिलो खेलमा फ्रेन्ड्स स्पोर्टस एकेडेमीलाई १ सय २१ हराएको युवा टोलीले अर्को खेलमा बुधबार गुरूग्राम स्पोर्टस क्लबलाई २ सय ४९ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

प्रशिक्षणका लागि युवा टोली असार ९ गते दिल्ली पुगेको थियो । चार राष्ट्रको सहभागिता रहने विश्व कप छनोट जुलाई १६ देखि २५ सम्म सिंगापुरमा हुनेछ । नेपालसहित छनोटमा अफगानिस्तान, मलेसिया र सिंगापुरबीच प्रतिस्पर्धा हुनेछ । डवल राउण्ड रोविन लिगपछि छनोटको शीर्ष टोली विश्व कपका लागि छनोट हुनेछ । यू १९ विश्व कप २०१८को जनवरीमा न्युजिल्यान्डमा हुनेछ ।

Comments:

comments

About the author

News Staff

Latest News