Nepal U19 Cricket

भारतमा रहेकाे नेपाली यू १९ टिमले पहिलो अभ्यास खेलमा जित निकाल्यो

Nepal U19

आइसीसी अन्डर नाइन्टिन विश्वकप अन्तर्गत एशिया क्षेत्रको छनोट प्रतियोगिताको तयारीका लागि भारतमा रहेको नेपाली युवा टिमले पहिलो अभ्यास खेलमा जित निकालेको छ । आज भएको खेलमा नेपाली टिमले भारतको फ्रेन्डस स्पोर्टस एकेडेमीलाई एक सय २१ रनको भारी अन्तरले हरायो ।

भारतको ग्रेटर नोयडामा भएको खेलमा पहिलो ब्याटिङ गरेको नेपालले ४० ओभरमा खेलमा सात विकेट गुमाउदै दुई सय ५० रन बनायो । नेपालका लागि प्रनित थापामगरले ८७ र अनिल कुमार शाहले ५० र दिपेन्द्रसिंह ऐरीले ४३ रन बनाए । यस्ते रोहित कुमार पौडेलले २३ रन थपे । एक रन हुदा पहिलो विकेट गुमाएको नेपालले २५ रन हुदा तीन विकेट खेर फालेको थियो । तर दिपेन्द्र र प्रनितले चौथो विकेटका लागि एक सय ६ रनको साझेदारी गर्दै टिमको पारी सम्हालेका थिए ।

जवाफमा फ्रेन्डस स्पोर्ट एकेडेमी ३२ ओभरमा एक सय २९ रनमा अलआउट भयो । उसका चार खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा सोनु जुग्गरले ३७ तथा बबी यादवले २४ र जितेन्द्र चोधरीले १८ रन बनाए । विपक्षी टिमको पारीलाई कमजोर बनाउन नेपालका लागि साहव आलमले तीन तथा सन्दिप लामिछाने र रोहितकुमार पौडेलले दुई दुई विकेट लिए ।

Most Popular

To Top