Nepal U19 Cricket

नेपाली टिमले भोलीदेखि अभ्यास खेल खेल्ने, पहिलो खेल नोयडाको फ्रेन्डस स्पोर्टस एकेडेमीसंग

अन्डर आइन्टिन विश्वकप छनौट खेलको तयारीका लागि हाल भारत भ्रमणमा रहेको नेपालले भोली देखी स्थानिय टिम संग अभ्यास खेल खेल्ने भएको छ ।

गत असार आठ गते नया दिल्ली स्थित ग्रेटर नोयडा गएको नेपालले १२ गते देखी अभ्यास खेल खेल्ने तालिका रहेको थियो । तर नोयडामा लगातार पानी परिरहेकाले नेपालले सामान्य अभ्यास मात्र गरिरहेको छ । विनोद दासको प्रशिक्षणमा रहेको नेपालले भोली नोयडाको फ्रेन्डस स्पोर्टस एकेडेमी संग प्रतिस्पर्धा गर्नेछ । नेपालले अब करिब दुइ साता भारतमा विताउने छ । यो बीचमा ६ वटा अभ्यास खेल खेल्ने तालिका रहेको छ । जसमा केही टिममा नाम चलेका र रन्जी ट्रफी खेल्ने खेलाडी पनि रहेको बतँइएको छ ।

प्रशिक्षक विनोद दासले भारत भ्रमणमा सहभागी सवै १८ खेलाडी फिट रहेको र उनीहरु अभ्यास खेलका लागि निकै उत्साहित रहेको प्रशिक्षक दासको भनँइ छ । यहि अभ्यास खेलमा गरेको प्रदर्शनका आधारमा नेपालले छनौट खेलका लागि सिंगापुर जाने १४ सदस्यी नेपाली टोलीको घोषणा गर्नेछ । नेपाली टोली असार २९ गते भारत बाट सिधै सिंगापुर जानेछ । छनौट खेलमा नेपाल र सिंगापुर सहित मलेसिया र अफगानिस्तान छन । नेपालले आफ्नो पहिलो खेल साउन दुइ गते घरेलु टोली सिंगापुर संग खेल्नेछ ।

तीन गते मलेसिया र पांचमा अफगानिस्तान संग खेल्नेछ । छनौट । डवल राउन्ड रोविन लिगका आधारमा खेलाइनेछ । दोस्रो चरणको लिग अन्तर्गत नेपालले पहिलो खेल ६ गते सिंगापुर, नौ गते मलेसिया र दश गते अफगानिस्तान संग खेल्नेछ । लिगको शीर्ष दुइमा रहने टोली अर्को वर्ष न्युजील्यान्डमा हुने विश्वकपका लागि छनौट हुनेछन ।

Most Popular

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Subscribe !

Subscribe to our email newsletter


Copyright © 2017 Cricnepal.com. All Rights Reserved.

To Top