Nepal U19 Cricket

मुख्य कमजोरीलाइ सुधार्न नसक्दा विश्वकप खेल्नबाट चुक्यौ – प्रशिक्षक विनोद दाश

आइसीसी अन्डर नाइन्टन विश्वकप छनोटमा दोस्रो स्थान हात पारेको नेपाली टिम स्वदेश फर्किएको छ । टिमको प्रशिक्षक विनोद दाशले टिमले सोचेको जस्तो खेल्न नसक्दा विश्वकप खेल्नबाट चुकेको बताए । नेपाली खेलाडले सिंगापुरको कन्डिसनलाई आत्मसाथ गर्न समय लागेको र मानसिक रुपमा पनि दबावमा परेको उनको बुझाइ छ ।

प्रशिक्ष्ँक विनोद दाशले त्रिभुवन टुरका बारेमा बोल्दै भने, टिमले खराव खेलेको र आफना लागी पनि दुखलाग्दो भ्रमण भयो । सुरुवाती दुई खेलमा आफुहरु अफगानिस्तानलाई टक्कर दिने किसिमले खेलेकाले चाडै चाडै विकेट झर्न पुग्यो । आफनो टिमका भरपर्दा खेलाडीले पनि राम्रो खेल्न सकेनन । यता अफगानिस्तान हाम्रो लेवलको उत्कृष्ट टिम रहेको र उसका केहि खेलाडी पछिल्लो तीन चार बर्ष देखि निरन्तर खेलिरहेकाले पनि नेपाल भन्दा माथि रहयो । टेष्ट मान्यता देशका नाताले पनि उनिहरुको प्रदर्शन निकै राम्रो थियो ।

अफगानिस्तान विरुद्ध नेपालले जुन सुरुवात गरेको थियो तर त्यसलाई निरन्तरता दिन सकेन । ३० रन हुदा एक विकेट झर्दा कुनै एउटा बलरले लगातार चार किवेट लिन्छ भने खेलमा फर्कन निकै कठिन हुन्छ । हाम्रो पनि त्यहि भयो । चार विकेट गइसकेपनि हामीले मानसिक रुपमा खेल हारी सकेका थियो । अन्तिम खेल अगाडी पनि हामीलाई सिंगापुरमा अभ्यास गर्ने मैदान उपलब्ध थिएन । आरामको दिन पनि अभ्यास गर्ने मौका नपाएपछि हामीले सिंगापुर विरुद्धको खेललाई ब्याटिङ प्राक्टिस खेलका रुपमा लिएर खराव पिचमा पनि ब्याटिङ गरेको थियो । सो बेला नेपालले फाइटिङ टोटल बनाएको थियो ।

त्यसमा पनि हामी जानुभन्दा करीव १० दिन अगाडी देखि निरन्तर बर्षा भइरहेको थियो र निकै पछि मात्र सिंगापुर क्रिकेट क्लवको पिच राम्रो हुदै गएका थियो तर अर्को मैदान झन खराव भएको थियो । यसको असर पनि नेपाली टिममा परयो । यसका साथै उनले सिंगापुर पुग्नु अघि भारतमा पनि राम्रो टिमसंग अभ्यास खेल खेलेका थियो र राम्रो ब्याटिङ गरेर गएका थियो । तर खेलमा भने खेलाडीले राम्रो खेल्न नसक्दा दुर्भाग्य भयो ।

प्रतियोगितामा सर्वाधिक २४ विकेट लिएका कप्तान सन्दिप लामिछानेले पनि बलिङ र फिल्डिङमा राम्रो भएपनि मुख्य कमजोरी ब्याटिङ नै रहेको बताए । उनले पनि प्रशिक्षक दाशसंग सहमती गर्दै टिमले जुन कमजोरीलाई सुधार्नुपर्ने थियो त्यो सुधार्न नसक्दा हार ब्यहोरेको बताए । उनले भने हाम्रो मुख्य गल्ति राम्रो ब्याटिङ राम्रँे नहुनु हो । जुन सोचाईका साथ सिंगापुर पुगेका थियो त्यो हामीले हासिल गर्न सकेनौ । खेलाडीलाई म्याच एक्पोजरको पनि कमि भएको होकी भन्ने भान पनि भयो । तर जुन गल्ति हामीले सच्याउनु पर्ने थियो त्यो गर्न सकेनौ ।
प्रतियोगिताको प्लेयर अफ द सिरीज भएपनि टिमको नतिजाले त्यति खुसी हुन नसकेको सन्दिपको भनँई छ । नेपालले प्रतियोगितामा खेलेका ६ खेलमा चारमा जीत र दुई हार ब्यहोरेको थियो । दुबै खेल नेपालले अफगानिस्तानसंग ब्यहोरेको थियो । जसका कारण नेपालको विश्वकप खेल्ने लक्ष्य तुहिएको थियो ।

Comments:

comments

About the author

News Staff

Latest News