Nepal U19 Cricket

यू-१९ टिमको चौथो अभ्यास खेलमा बर्षा बाधक

आइसीसी अन्डर नाइन्टिन विश्वकप छनोट अन्तर्गत एशियन रिजनको क्वालिफाइङको तयारीका लागि भारतमा रहेको नेपाली टिमको चौथो अभ्यास खेलमा बर्षाका बाधक बनेको छ ।

ग्रेटर नोयडामा भएको खेलमा भारी बर्षा भएपछि खेल नतिजा विहिन हुन पुग्यो । यसअघिका लगातार तीन खेलमा जित निकालेको नेपाल विरुद्ध आज पहिले ब्याटिङ गरेको नोयडा ११ ले ४९ ओभर दुई बलमा दुई सय ७८ रन बनाएको थियो । उसका लागि अनुरीत सिंहले ८६ बलमा एक सय २१ रनको पारी खेले । जसमा उनले १४ चौका र सात छक्का प्रहार गरेका थिए । यस्तै परविन्दर अवानाले ४३ तथा राहुल यादवले ३७ रन बनाए । पाच रनमा पहिलो विकेट गुमाएपछि दोस्रो विकेटका लागि अनिरुत र परविन्दरले एक सय ८५ रनको साझेदारी गरेका थिए । बलिङ तर्फका नेपालका रोहितकुमार पोडेलले चार तथा रासिद खानले तीन विकेट लिए ।

जवाफमा नेपालको स्कोर २५ आभेरमा तीन विकेटको क्षतीमा एक सय १७ रन हुदा भारी बर्षा भएपछि खेल रोकिएको थियो । नेपालका लागि आसिफ शेखले २८ तथा प्रनित थापामगरले २७ रनको योगदान गरे । यस्तै आदिल खान र अनिलकुमार शाहले समान २२–२२ रन बनाए । तर निरन्तर बर्षा भएपछि खेल सम्भव हुन सकेन र खेल नजिताविहिन सकियो । अब नेपालले पाचौ अभ्यास खेल विहिबार यहि टिमसंग हुनेछ ।

Most Popular

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Subscribe !

Subscribe to our email newsletter


Copyright © 2017 Cricnepal.com. All Rights Reserved.

To Top