Nepal U19 Cricket

अफगानिस्तानले दियो एक सय १९६ रनको लक्ष्य, के हराउन सक्ला नेपालले

आइसीसी अन्डर नाइन्टिन विश्वकप छनोट अन्तर्गत नेपालले अन्तिम खेलमा अफगानिस्तानबाट एक सय ९६ रनको लक्ष्य पाएको छ ।

सिंगापुर क्रिकेट क्लबमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४६ ओभर पाच बलमा एक सय ९५ रनमा अलआउट भयो । ३६ रनमा पहिलो विकेट गुमाएको अफगानिस्तानले ४४ रनमा दोस्रो विकेट खेर फालेको थियो । त्यसपछि ४९ रन हुदा अफगानिस्तानको तेस्रो विकेट झरेको थियो । अफगानिस्तानका लागि इब्राहिम जार्दनले सतिकिए पारी खेले । उनले एक सय एक रन बनाए । नाभिद ओबेइदले २२ रन बनाउदा इक्राम अली खेइलले २४ रन जोडे । एक सय ५४ रन हुदा पाच विकेट गुमाएको अफगानिस्तानले त्यसपछि थप ४१ रन बनाउदा बाकि सबै विकेट गुमायो । बलिङ तर्फ नेपालका लागि साहव आलम र दिपेन्द्रसिंह ऐरीले तीन तीन विकेट लिए ।

Most Popular

To Top