लुइसको अविजीत सतकको मद्दतले वेष्ट इन्डिज भारत विरुद्धको टि-२० खेलमा नौ विकेटले विजयी

एभिन लुइसको अविजीत सतकको मद्दतले वेष्ट इन्डिज भारत विरुद्धको पहिलो ट्वान्टी ट्वान्टी खेलमा नौ विकेटले विजयी भएको छ ।

वेष्ट इन्डिज १९४/१ (लुइस १२५ं) vs भारत १९०/६ (कार्तिक ४८, टेलर २-३१)

जमैकामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले २० ओभरमा ६ विकेट गुमाउदै एक सय ९० रन बनायो । भारतका लागि दिनेश कार्कीकले सर्वाधिक ४८ रन बनाए भने कप्तान विराट कोहलीले ३९ तथा रिशव पन्तले ३८ रन जोडे । यस्तै शिखर धवनले २३ रन बनाए । ६४ रन हुदा पहिलो विकेट गुमाएको भारतले एक सय ५१ रनमा तीन विकेट मात्र खेर फालेको थियो । तर पारीको अन्तिमतीर राम्रो साझेदारी हुन नसक्दा भारतले साचेको जस्तो योगफल तयार पार्न सकेन ।

जवाफमा वेष्ट इन्डिजले १८ ओभर तीन बलमा मात्र एक विकेट गुमाउदै लक्ष्य पुरा गरयो । उसका लागि क्रिस गेल र लुइसले पहिलो विकेटका लागि ८२ रनको साझेदारी गरेका थिए । त्यसपछि लुइसले ६२ बलमा एक सय २५ रन बनाउदा टिमलाई सहज जित दिलाए । उसका लागि मार्लोन स्यामुयलले अविजीत ३६ रन बनाए ।

जितसंगै वेष्ट इन्डिजले एक टि-२० को श्रृखला आफनो पक्षमा पारयो ।

Comments:

comments

Tags

About the author

News Staff

Latest News