Match Preview

कसले जित्ला महिला विश्वकपको उपाधि, भारत वा इङल्याण्ड

आइसीसी महिला विश्वकपको उपाधिका लागि आज भारत र इग्ल्याण्ड विच प्रतिस्पर्धा हुनेछ ।

लण्डनमा हुने खेलका लागि दुबै टिमले तयारी पुरा गरिसकेका छन । नेपाली समय अनुसार दिउसो सवा तीन बजेबाट सुरु हुने खेलका लागि दुबै टिमका प्रशिक्षक आफनो टिम जित्नेमा विश्वस्त रहेका छन । जारी प्रतियोगतामा उत्कृष्ट ब्याटिङ लाइनअप रहेको इग्ल्याण्डले बलिङ र ब्याटिङ दुबैमा अब्बल देखिएको भारत विरुद्धको फाइनल खेल रोमाञ्चक हुने आशा गरिएको छ । लिग चरणमा इग्ल्याण्ड सात खेलमा छ मा जित र एक हार ब्यहोर्दै शिर्ष स्थानमा रहेको थियो ।

सेमिफाइनलमा उसले दक्षिण अफ्रिकालाई पराजित गरेको थियो । यस्तै लिग चरणमा सातमा पाच जित र दुई हार ब्यहोरेको भारतले सेमिफाइनलमा अष्ट्रेलियालाई स्तब्ध बनाएको थियो । इग्ल्याण्डले आज टिममा कुनै परिवर्तन नगर्ने देखिएको छ भने भारतीय टिममा केहि वरिवर्तन हुन सक्नेछ । भारतकी मिथाइली राज पहिलो यस्ती कप्तान हुन जसले दुई पटक विश्वकपको फाइनलमा टिमको कप्तानी गर्दैछिन ।

उनले २००५ र अहिले दुबै विश्वकपमा कप्तान रहेकी छिन । लर्डसमा दुबै टिमले यसअघि एक पटक खेल्दा भारत पाच विकेटले विजयी भएको थियो । १९ बर्षे भारतीय दिप्ती शर्मा विश्वकपमा दुई सय रन पुरा गर्ने पहिलो महिला खेलाडी हुन । इग्ल्याण्डकी तीन खेलाडीले तीन सय ५० भन्दा बढी रन बनाइसकेकी छिन । त्यसैले पनि आजको खेल हाइस्कोरीङ म्याच हुने देखिएको छ ।

Most Popular

To Top