International News

इङग्ल्याण्ड महिला विश्वकपको फाइनलमा, दोस्रो सेमिफाइनलमा भारत र अष्ट्रेलिया खेल्ने

दक्षिण अफ्रिकालाई दुई विकेटले हराउदै इग्ल्याण्ड आइसीसी महिला विश्वकपको फाइनलमा प्रवेश गरेको छ । उपाधिका लागि इग्ल्याण्डले भारत र अष्ट्रेलिया विचको विजेतासंग खेल्नेछ ।

ब्रिस्टोलमा भएको खेलमा पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा ६ विकेट गुमाउदै दुई सय १८ रन बनायो । २१ रन हुदा पहिलो विकेट गुमाएको दक्षिण अफ्रिकाका लागि लाउरा उल्भार्डले ६६ तथा मिग्नोन डु प्रिजले ७६ रनको योगदान गरिन । १७ बर्षपछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा पुगेको दक्षिण अफ्रिकाका अरु खेलाडीले भने खासै राम्रो खेल्न सकेनन । जसमा कप्तान डेनी भानले २७ र सेनी लुसले २१ रन बनाइन ।

जवाफमा दुई सय १९ रनको लक्ष्य इग्ल्याण्डले दुई बल बाकि हुदा आठ विकेट गुमाउदै पुरा गरयो । दक्षिण अफ्रिकाको उत्कृष्ट बलिङ विरुद्ध इग्ल्याण्डले पहिलो विकेटका लागि ४२ रनको साझेदारी गरेको थियो । उसका लागि सारा टेलरले ५४ तथा कप्तान हिथर नाइट र फ्रान विल्सनले समान ३०–३० रन बनाइन ।

यस्तै जेनी गुनले २७ र लउरेन विनफिल्डले २० रन बनाइन । इग्ल्याण्डसंग पराजित भएपछि फेरी एकपटक दक्षिण अफ्रिका ठुलो प्रतियोगितामा अभागी साविक भएको छ । अब उपाधिका लागि इग्ल्याण्डले अष्ट्रेलिया र भारत विचको विजेतासंग खेल्नेछ ।

Most Popular

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Subscribe !

Subscribe to our email newsletter


Copyright © 2017 Cricnepal.com. All Rights Reserved.

To Top