International News

श्रीलङका विरुद्ध विराटको सतक, जयशुर्या र धोनीलाइ पछि छोडे

श्रीलंकासंग जारी एकदिवसिय क्रिकेट शृंखला अन्तर्गत चौथो खेलमा भारतीय कप्तान विराट कोहलीले आक्रामक सतक प्रहार गरे ।

एकदिवसिय करियरको २९ औं शतक पुरा गर्दै भारतीय कप्तान कोहलीले धेरै शतक प्रहार गर्ने रेकर्डमा सनथ जयसूर्यालाई पछि पार्दै तेश्रो नम्बरमा उक्लेका छन् । वानडे क्रिकेटमा सचिन तेन्दुलकरले ४९ वटा शतक तथा रिकी पोंटिंगले ३० शतक प्रहार गरेका छन् । जयसूर्याको २८ शतकलाई पछि पारेका कोहली अब रिकी पोंटिंग भन्दा मात्र १ शतकले पछि रहेका छन् । २९ शतक प्रहार गर्न कोहलीले १९३ औं खेलमा १८५ इनिंग ब्याटिंग गरेका छन् । मात्र ७६ बलमा शतक पुरा गरेका कोहलीले १४ चौका र १ छक्का प्रहार गरेका थिए । कोहली १३१ रन बनाउदै लासिथ मालिंगाको बलमा आउट हुन पुगे।

कप्तानको रुपमा बिराट कोहलीले ७ वटा शतक प्रहार गरिसकेका छन् जुन रेकर्डमा धोनीलाई पछि पारेका छन् । भारतको कप्तानको रुपमा कोहलीले वानडेमा ६ वटा शतक बनाएका छन् । भारतको लागि कप्तानको रुपमा सौरभ गांगुलीले ११ वानडे शतक प्रहार गरेका छन् ।

Most Popular

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Subscribe !

Subscribe to our email newsletter


Copyright © 2017 Cricnepal.com. All Rights Reserved.

To Top