National News

दाङमा क्रिकेट मैदानको काम दुर्त गतिमा, बजेट जुटाउन भने समस्या

दाङको घोराहीमा अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदानको काम धमाधम भइरहेको छ । निर्माणधिन क्रिकेट मैदानमा अहिलेसम्म ४३ लाख रुपैया खर्च भएको छ । २०६९ साल देखि निर्माण सुरु गरिएको क्रिकेट मैदानका लागि विभिन्न दातृ निकायहरुको सहयोगमा ४३ लाख रुपैया खर्च भइसकेको जनाइएको छ ।

घोराही उपमहानगरपालिका वडा नम्वर १७ गुलेरियामा रहेको क्रिकेट मैदान निर्माणाधिक रहेको छ । निर्माण प्रक्रिया सुरु भएको पाच बर्ष पछि क्रिकेट खेल्न सक्ने बताइएको छ । मैदानलाई अहिलेको अवस्थासम्म पुरयाउन घोराही नगरपालिका, जिल्ला विकाश समिती, युवा तथा खेलकुद मन्त्रालय लगायतको सहयोग भएको छ ।

कसले कति सहयोग गरे

सुरुमा घोराही नगरपालिकाले तीन लाख रुपैया छुटयाएको थियो भने जिल्ला विकाश समितीले पाच लाख रुपैया रकम विनियोजन गरेको थियो । त्यसपछि सुरुभएको निर्मँण प्रक्रियामा अहिलेसम्म निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट १० लाख, फेरी जिल्ला विकास समितीले ५ लाख दिएको थियो । वितेको आर्थिक बर्षमा मात्रै घोराही उपमहानगरपालिकाले पाच लाख र जिल्ला विकास समितीको तर्फबाट पाच लाख र युवा तथा खेलकुद मन्त्रालयबाट १० लाख रुपैया विनियोजन गरिएको थियो ।

के के काम भयो अहिलेसम्म

प्राप्त बजेटबाट अहिलेसम्म मैदानका लागि आवश्यक संरचनाहरु निर्माण भएका छन । मैदान सम्याउने, तारजाली लगाउने, मैदान वरपर बाटो निकाल्ने लगायतका काम भएका छन । क्रिकेट मैदान निर्माणको काम उपभोक्ता समिती मार्फत भइरहेको छ भने विभिन्न प्राविधिक कामहरु दाङ जिल्ला क्रिकेट संघ गर्दै आएको छ । तर मैदानको पुर्व पश्चिम लम्बाई आवश्यकता अनुसार भने छैन । क्रिकेट मैदानका लागि ७० मिटर लम्बाई हुनुपर्नेमा ५० मिटर मात्र छ । मैदान निर्माणका लागि अझै पनि ५० लाख भन्दा बढी रुपैया खर्च हुने अनुमान गरिएको छ ।

Most Popular

To Top