National News

आइसीसीको योजना कहिले आउला र प्रशिक्षण सुरु होला भनेर कुर्दै खेलाडी

वल्र्ड क्रिकेट लिग च्याम्पियनसीपको छैटौं चरण अन्र्तगत आगामी अक्टोबर १३ र १५ मा हङकङसंग प्रतिस्पर्धा गर्न लागेको नेपाली राष्ट्रिय टोलीको तयारीका बारेमा आइसीसीले समयमा नै तयारी योजना नपठाउदा टिमले सयुक्त रुपमा अभ्यास गर्ने पाएको छैन ।

क्यान निलम्बनमा परेपछि नेपाली क्रिकेटको तयारी देखि सबै योजना आइसीसीले गर्दै आएको छ । नेपालको तयारीका बारेमा पनि आइसीसीलाइ पत्र पठाइसकेको भएपनि ठोस निर्णय नआउदा खेलाडीले एकजुट भएर तयारी गर्न पाएका छैनन । नेपालसंगको खेलका लागि हङकङले तयारी तीब्र पारेपनि नेपाली टोलीका सदस्य ब्यक्तिगत तयारीमा मात्र केन्द्रीत भएका छन । अन्तराष्ट्रिय क्रिकेट काउन्सीलले प्रतियोगीता सुरु हुनु भन्दा १ महिना अघि मात्र अभ्यास खर्च प्रदान गर्ने भएकाले बैकल्पिक ब्यबस्था नहुँदासम्म टोलीले समयमा नै संयुक्त रुपमा अभ्यास गर्न ढिलो हुदै गएको हो । योजना अनुसार अगष्टको पहिलो साता देखिनै तयारीमा जुटनु पर्ने हो ।

टोलीको आन्तरिक अभ्यासका लागि रकम लगायत समाग्रीको व्यवस्थाका लागि राष्ट्रिय खेलकुद परिषद राखेपसंग समन्वय भईरहेपनि त्यसका लागि तत्काल रकम जुट्ने सम्भावना कम देखिएको छ । आन्तरिक विवादका कारण क्रिकेटको सर्वोच्च निकाय क्यान निलम्बनमा परेपछि त्यसको प्रत्यक्ष असर राष्ट्रिय टोलीको हरेक तयारीमा पर्दै आएको छ । अब हङकङ विरुद्धको खेलका लागि आइसीसीले तयारी योजना कस्तो बनाउने हो त्यो भने हेर्न बाकि छ ।

Most Popular

To Top