Outside Nepal

राइनोजले डिपिएल खेल्ने

नेपाली राइनोज् क्रिकेट क्लबले टेक्ससको प्रतिष्ठित व्यवसायिक क्रिकेट लिग डलास प्रिमियर (डिपिएल) लिग खेल्ने भएको छ ।

नर्थ टेक्सस क्रिकेट एशोसिएशन अन्तर्गतको यस व्यवसायिक स्वरुपको यो लिगमा विश्वका विभिन्न देशमा प्रतिनिधित्व गरिसकेका र गरिरहेका प्रतिष्ठित खेलाडीहरुले विभिन्न क्लबवाट सहभागिता जनाउने गर्दछन् । नेपालको युथ टिम तथा राष्ट्रिय टोलीवाट प्रतिनिधित्व गरिसकेका खेलाडीहरुको पहलमा स्थापित नेपलिज राइनोजले यहाको विभिन्न टुर्नामेन्टहरुमा सहभागिता जनाउदैं उपाधि समेत जितिसकेको छ । नेपलिज राइनोज क्लबवाट यहा रहेका तथा नेपालका समेत राष्ट्रिय टोलीका खेलाडी समेत समावेश गरिने क्लबका सस्थापक मध्येका एक राकेश कर्णले बताए । विगतमा यस प्रिमियर लिगमा सहभागि भएका अन्य क्लबवाट आफुहरुले प्रतिनिधित्व गरेपनि अहिले भने आफुहरुकै क्लब सहभागि गराउन सकिएकोमा खुशी व्यक्त गर्दै उनले शशक्त टोलीको रुपमा क्लबलाई उभ्याउने योजना रहेको सुनाए ।

२० हजार डलर राशीको लिग प्रतियोगितामा सहभागिताका लागि खर्च समेत अत्यधिक हुने भएपनि नेप्लिज क्रिकेट क्लबले पहिलो दिन भएको अक्सनमा १४ खेलाडी छनोट गरेको छ । पछिल्लो पटक क्लबले नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का सहितका खेलाडीलाई सहभागि गराउदैं व्यवसायिक क्लबहरु सहभागि रहने ह्युष्टनमा भएको ६० हजार राशीको टु एक्स युएएस कप जितिसकेको छ । राइनोजले गतबर्ष पुष महिनामा सम्पन्न रुस्लान कप प्रतियोगितामा टिम सहभागी गराएको थियो । शरद भेसावकर, सुशील कंडेल, पवन शर्राफ, सोनु तामांग, रुपेश श्रीवास्तब, प्रकास बिस्ट लगायत क्रिकेटरहरु क्लबवाट खेलेका थिए ।

क्लबले विभिन्न प्रतियोगिता खेल्नुका साथैं हिमालय क्रिकेट एकेडेमीमा २ जना क्रिकेटरहरुलाई १ बर्षे क्रिकेट छात्रवृत्ति, नेपालमा महिला क्रिकेट विकासमा काम गरिरहेको राइजिंग क्रिकेट वुमेन्स क्लबलाई पनि ५० हजार आर्थिक सहयोग तथा यस्तै क्रिकेट फ्यानहरुको संस्था नेपाली क्रिकेट समर्थक समाजलाई पनि सहयोग गरेको बताउदैं क्लबका अर्का सदस्य आशिक लामाले नेपालमा समेत नेपाली क्रिकेटको विकासमा सकेको सहयोग गर्दै जाने जनाए । डिपिएलका लागि टोलीका नियमित सदस्य बरदान चालिसे, सागर पन्त, राकेश कर्ण, आशिक लामा, किरण श्रेष्ठका लगायतका साथैं पुर्ब नेपाली रास्ट्रिय क्रिकेटर कनिस्क चौगाईं सहीत नेपाली राष्ट्रिय टोलीका खेलाडी समेत सहभागि गराइने क्लबले जनाएको छ ।

Most Popular

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Subscribe !

Subscribe to our email newsletter


Copyright © 2017 Cricnepal.com. All Rights Reserved.

To Top