International News

तेस्रो टेष्ट इङग्ल्याण्डको पक्षमा, दक्षिण अफ्रिका २३९ रनले पराजित

दक्षिण अफ्रिका विरुद्धको तेस्रो टेष्टमा इग्ल्याण्ड २३९ रनको भारी अन्तरले विजयी भएको छ । जितसंगै इग्ल्याण्डले चार टेष्टको श्रृंखलामा दुई एकको अग्रता बनाएको छ ।

लण्डनमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको इग्ल्याण्डले पहिलो पारीमा बेन स्टोकको एक सय १२ एलेस्टर कुकको ८८ रनको मद्दतले तीन सय ५३ रन बनाएको थियो । जवाफमा दक्षिण अफ्रिका पहिलो पारीमा मात्र एक सय ७५ रनमा अलआउट भयो । उसका लागि बाभुमाले ५२ रन बनाउनु बाहेक बाकि खेलाडी एकपछि अर्को रुपमा आउट भए । दक्षिण अफ्रिकालाई कम स्कोरमा रोक्न रोनाल्ड जोन्सले पाच विकेट लिए ।

Photo source: ESPN Cricinfo

दोस्रो पारिमा इग्ल्याण्डले थप तीन सय १३ रन जोडदै पारीको घोषणा गरेपछि दक्षिण अफ्रिकाले ४९१ रनको भारी लक्ष्य पाएको थियो । दोस्रो पारिमा इग्ल्याण्डका लागि जोय रुटले ५०, टोम वेस्ट्लेले ५९ रन बनाए । यस्तै र्बेस्टोले ६३ रन थपे । बलियो लक्ष्य पक्ष्याएको दक्षिण अफ्रिका दोस्रो पारिमा मात्र दुई सय ५२ रनमा अलआउट हुदा खेल हार्न पुग्यो । उसका लागि डियन एल्गरले एक सय ३६ रनको पारी खेल्नु बाहेक बाकि खेलाडी सस्तैमा आउट भए । इग्ल्याण्डका लागि मोयन अलिले दोस्रो पारीमा ह्याट्रिक लिन सफल भए ।

Comments:

comments

About the author

News Staff

Latest News