International News

दक्षिण अफ्रीका २२६ रनमा आउट हुँदा इङ्ल्याण्ड १३६ रनले अगाडी

काठमाडौं – इङ्ल्याण्डको ओवल मैदानमा जारी चौथो तथा अन्तिम टेष्ट म्याचमा दक्षिण अफ्रीका पहिलो पारीमा २२६ रनमा सिमित भएको छ ।

टस जितेर ब्याटिङ रोजेको इङ्ल्याण्डले पहिलो पारी मा १०८.४ ओवरमा ३६२ रन बनाउन सफल भएको थियो । उस्का लागी जोह्नी बैरस्टोले ९९ र बेन स्टोक्सले ५८ रन को पारी खेलेका थिए ।

दक्षिण अफ्रीकाका लागी रबडाले चार, महाराज, ओलिविएर र मोर्ने मोर्कलले सामुहिक २-२ विकेट लिए ।

दक्षिण अफ्रीकाको पहिलो पारी ७२.१ ओवेर्समा मात्र २२६ रनमा सिमित भयो । जेम्स एण्डर्सनको चार र ब्रोडको तीन विकेटको मद्दतले इङ्ल्याण्डले १३६ रनले अग्रता कायम गरेको हो ।

इङ्ल्याण्ड चार म्याचको टेष्ट श्रींखलामा २-१ ले अगाडी रहेको छ ।

Most Popular

To Top