International News

युवराज फेरी टिममा परेनन, रोहितको कमब्याक

श्रीलंका विरुद्धको एकदिवसिय र टी ट्वान्टीका लागि भारतीय क्रिकेट बोर्डले टिमको घोषणा गरेको छ । जसमा बोर्डले ६ जना खेलाडी परिवर्तन गरेको छ ।

भारतीय क्रिकेट बोर्डले युवराज सिंह, विकेटकिपर दिनेश कार्तिक, रिसव पन्तसंगै हाल टेष्टका लागि श्रीलंकामा रहेको टिमबाट रविचन्द्रन आश्विन, रविन्द्र जडेजा, उमेश यादव र मोहम्मद सामीलाई आराम दिएको छ । जसमा तेज गतिका बलर सरदुल ठाकुर, लेग स्पिनर युज्भेन्द्र चाहल, लोकेश राहुल, मनिश पाण्डे, जस्प्रित बुम्राहलाई टिममा समावेस गरिएको छ । उनिहरुलाई वेष्टइन्डिन विरुद्धको श्रृखलामा आराम दिइएको थियो । यस्का साथै उपकप्तान रोहित शर्माले पनि टिममा कमब्याक गरेका छन ।

पछिल्लो पटक राम्रो फर्म नरहेका युवराज छनोटकर्ताको आखामा पर्न सकेनन । पछिल्लो पटक खेलका ६ इनिङमा उनले ५० रन कटाउन सकेका थिएनन । यस्तै कार्तिकले वेष्ट इन्डिज विरुद्ध खेलका दुई खेलमा एउटामा अविजीत ५० रन बनाएपनि टिममा स्थान बनाउन सकेनन ।

यस्तो छ भारतको टिम

Most Popular

To Top