International News

भारत विरुद्धको दोस्रो टेष्टमा श्रीलंकाको हार

Photo: Associated Press

काठमाडौं – श्रीलंकाको कोलम्बोमा खेलिएको दोस्रो टेष्ट म्याचमा, भारतले एक पारी र ५३ रनले जित दर्ता गर्दै, ३ खेलको श्रृंखलामा २-० को अग्रता लिएको छ ।

टस जितेर ब्याटिङ रोजेको भारतले पहिलो पारीमा ६२२/९ रन बनाएर आफ्नो पारी समाप्तीको घोषणा गरेको थियो । भारतका लागी चेतेश्वर पुजाराले आफ्नो ५० औं खेल खेल्दै २३२ बलमा १३३ रन प्रहार गरेका थिए । यस्तै अन्जिन्के रहाणेले १३२ रन (२२२ बलमा) को सतकिय पारी खेल्न सफल भएका थिए ।

श्रीलंकाका लागी हेरथले चार र पुष्पकुमाराले दुइ विकेट लिएका थिए ।

श्रीलंकाको पहिलो पारी भने निरासाजनक रहयो । अश्विनले पाँच विकेट लिदै, उनिहरुलाई १८३ रनको योगफलमा सिमित गराए । डिकवेल्लाले ५१ रन बनौदै टप स्कोरर भए । यस्तै भारतका लागी तिब्र गतीका बलर मोहम्मद सामीले दुइ र स्पिन्नर रबिन्द्र जडेजाले २ विकेट लिए ।

४३९ रन पछी रहेको श्रीलंकाले दोस्रो पारीमा फलो अन गर्दै मात्र ३८६ रन (११६.५ ओ.) बनाउन सफल भयो । उस्का लागी करुना रत्ने र मेन्डिसले सतक प्रहार गर्न त सफल भए तर हारबाट भने बचाउन सकेनन । ओपनर रहेका करुना रत्नेले ३०७ बलमा १४१ रनको पारी खेले भने मेन्डिसले १३५ बल खेल्दै ११० रन बनाए ।

भारतका लागी रबिन्द्र जडेजाले पाँच विकेट लिदै आफ्नो टेष्ट खेलमा महत्तोपूर्ण १५० विकेट पुरा गरे । पहिलो पारीमा ७० रन र म्याचमा सात विकेट लिएका जडेजा सर्बोत्कृष्ट खेलाडी पनि बन्न सफल भए ।

दुइ राष्ट्र बिचको तेस्रो तथा अन्तिम खेल श्रीलंकाको पालेकेलेमा १२-१६ अगस्तका बिच खेलाईनेछ ।

Comments:

comments

About the author

Nischal Tiwari

Nischal Tiwari is the Founder/Editor of Cricnepal.com, Nepal's popular cricket News website. He is a sports Journalist and writes cricket news and articles.

Follow @nischaltiwari

Latest News