International News

श्रीलंका विरुद्धको दोस्रो टेष्ट, भारत बलियो स्थितीमा

श्रीलंका विरुद्धको दोस्रो टेष्टको पहिलो दिनको खेल सकिदा भारत बलियो स्थितीमा पुगेको छ ।

कोलम्बोमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले पहिलो दिनको खेल सकिदा तीन विकेट गुमाउदै तीन सय ४४ रन बनाएको छ । ५६ रन हुदा पहिलो विकेट गुमाएको भारतले एक सय नौ रन हुदा दोस्रो विकेट खेर फालेको थियो । त्यसपछि कप्तान विराट कोहली सस्तैमा पेभेलियन फर्किदा भारतले एक सय ३३ रनमा तेस्रो विकेट गुमायो । उसका लागि शिखर धवनले ३५ तथा लोकेश राउलले ५७ रन बनाए ।

यस्तै कप्तान कोहलीले मात्र १३ रन जोडे । तर त्यसपछि चेतेश्वर पुजारा र अजिन्क्या राहाणेले दुई सय ११ रनको साझेदारी गर्दै बलियो स्थितीमा पुरयाए । राहाणेले एक सय तीनमा खेलिरहेका छन भने पुजाराले एक सय २८ रनमा अविजीत छन । पुजाराको श्रीलंका विरुद्ध दुई टेष्टमा दोस्रो सतक हो । यसअघि पहिलो टेष्टमा एक सय ५३ रनको पारी खेलेका थिए ।

Comments:

comments

About the author

News Staff

Latest News