International News

भारत ह्वाइटवासको लक्ष्यमा, श्रीलकालाइ हारको श्रृखला राेक्न चुनौती

भारत र श्रीलंका विचको तेस्रो तथा अन्तिम टेष्ट आजबाट सुरु हुदैछ । लगातार दुई टेष्ट हारेर श्रृखला गुमाइसकेको श्रीलंकालाई सिरीज हृवाइटवास बचाउन ठुलो चुनौती रहेको छ ।

पछिल्लो पटक आरालो लाग्दै गरेको श्रीलंकन क्रिकेटलाई अन्तिम टेष्टमा चुनौतीका रुपमा कसरी हारलाई जोगाउने भन्ने रहेको छ । किनकी जिम्वावे विरुद्ध घरेलु मैदानमा नै पराजित भएको श्रीलंकाले विराट कोहलीको कप्तानीमा रहेको भारत विरुद्ध पनि लगातार दुई टेष्ट गुमाइसकेको छ । यदि अन्तिम टेष्टमा पनि भारत विजयी भएमा श्रृखला हृवाइटवास त गर्नेनै छ श्रीलंकालाई उसकै मैदानमा धेरै पटक हराउने देशको सुचिमा पाकिस्तानसंग बराबरी गर्नेछ ।

अहिलेसम्म पाकिस्तानले श्रीलंका विरुद्ध १४ खेलमा जित निकालेको छ उसकै भुमिमा । भारतको १३ टेष्टमा जित रहेको छ । जारी सिजनमा उत्कृष्ट र्फममा रहेका चेतेश्वर पुजारा २०१७ मा धेरै रन बनाउने सुचिमा शिर्ष स्थानमा छन । अहिलेसम्म उनले आठ सय ४३ रन बनाइसकेका छन । पछिल्लो तीन बर्षमा पालेकेले मैदानमा कुनैपनि टेष्ट बराबरीमा सकिएका छैनन । यो तीन बर्षमा १८ टेष्ट खेल हुदा सबै खेलमा नतिजा आएको थियो । आजको खेलमा भारतीय टिममा केहि परिवर्तन हुन सक्नेछ ।

Comments:

comments

About the author

News Staff

Latest News