International News

श्रीलंका फलोअनमा, तेस्रो टेष्ट जोगाउन नै कठिन

R Ashwin

भारत विरुद्धको तेस्रो तथा अन्तिम टेष्टमा श्रीलंका फलोअनमा परेको छ ।

केन्डी जारी खेलमा पहिले ब्याटिङ गरेको भारतले ४८७ रन बनाएको थियो । उसका लागि शिखर धवन र हार्दिक पाण्डेले आक्रामक सतक बनाएका थिए । जसमा शिखरले एक सय १९ रन बनाए भने पाण्डेले एक सय आठ रन जोडे । पाण्डेले ९६ बलमा आठ चौका र सात छक्का प्रहार गरेका थिए । यस्तै लोकेश राहुलले ८५ रन थपे ।

जवाफमा श्रीलंका पहिलो पारीमा मात्र एक सय ३५ रनमा अलआउट भयो । उसका कुनैपनि खेलाडीले ५० रन पार गर्न सकेनन । श्रीलंकाका लागि कप्तान चन्दिमालले ४८ रन बनाउदा चार खेलाडीले खाता खोल्न पाएनन । लगातार दुई टेष्ट हारेर श्रृखला गुमाइसकेको श्रीलंकाका लागि ह्वाइटवास जोगाउन पनि निकै चुनौती भएको छ । पहिलो सेसन पछि पारी सुरु गरेको श्रीलंकाको ब्याटिङ अन्तिम सेसनसम्म पनि टिक्न सकेन । जसका कारण उसले आजै दोस्रो पारी सुरु गरयो । श्रीलंकालाई कम स्कोरमा रोक्न कुलदिप यादवले चार तथा मोहम्मद सामी र रविचन्द्रन आश्विनले दुई दुई विकेट लिए ।

Most Popular

To Top