International News

जडेजाको स्थानमा अक्सर पटेल टिममा

श्रीलंका विरुद्धको तेस्रो टेष्टका लागि भारतीय टिममा अक्सर पटेलले स्थान पाएका छन । बाया हाते स्पिनर रविन्द्र जडेजा प्रतिबन्धमा परेपनि अक्सरलाई टिममा बोलाइएको हो ।

श्रीलंका विरुद्धको दोस्रो टेष्टमा अनुशासन विपरीत ब्यवहार गरेको भन्दै जडेजालाई अन्तिम टेष्ट खेल्न प्रतिबन्ध लगाइएको थियो । पछिल्लो २४ महिनामा जडेजाले तीन पटक यस्तो गल्ति गरेर चेतावनी पाएपनि अन्तिममा भने कारवाहीमा परेका हुन । सो खेलपछि जडेजा म्यान अफ द म्याचका साथै आइसीसीको बरियतामा पनि पहिलो स्थानमा उक्लिएका थिए ।

तर आफनै ब्यवहारका खेल गुमाउन पुगे । जसका कारण अक्सरले टिममा स्थान पाएका हुन । अब अक्सर टिममा आएपनि भारतीय टिममा तीन जना अफ स्पिनर हुने भएका छन । जमसा रविचन्द्रन आश्विन, कुलदिप यादव र अक्सर रहेका छन । यो सिरीजमा जडेजा सर्वाधिक विकेट लिने खेलाडी हुन ।

Comments:

comments

About the author

News Staff

Latest News