Outside Nepal

नेपाली राइनोजले अर्को प्रतियोगिता खेल्दै, टिममा विदेशी खेलाडी समावेश

अमेरीकामा बसोबास गर्दै आएको नेपाली क्रिकेट खेलाडी मिलेर खोलेको नेपाली राइनोज क्रिकेट क्लवले अर्को ठुलो प्रतियोगिता खेल्ने भएको छ । गत बर्ष अमेरीकामा भएको टु एक्स क्रिकेटको उपाधि जितेपछि चर्चामा आएको क्लवले इमराल्ड कपमा सहभागिता जनाउन लागेको हो ।

अमेरीकाको डालासमा भएको टु एक्स क्रिकेटमा नेपालबाट आठ जना खेलाडी बोलाएर ६० हजार अमेरीकी डलर पुरस्कार राशी रहेको प्रतियोगिताको उपाधि जितेको राइनोजले यसपटक भने विदेशी खेलाडीलाई पनि अनुबन्ध गरेर खेल्दैछ । नेपाली खेलाडीहरुमा कोहि अन्तराष्ट्रिय प्रतियोगिताका लागि ब्यस्त र कोहि घाइते भएका बेला राइनोजले पाकिस्तानी, दक्षिण अफ्रिकी खेलाडीलाई टिममा लिएको छ ।

जसमा दक्षिण अफ्रिकी खेलाडी रस्टी थेरोन, आइपिएल खेलिसकेका सन्नी रोहल, पाकिस्तानी खेलाडी नजफ शाह र मोहम्मद फारुखले राइनोजबाट खेल्नेछन । यसबाहेक दुई जना अमेरीकी अन्डर नाइन्टिन टिमका क्रिकेटलाई पनि पुबुदु दशानायकेको रोजाइमा खेलाडी टिममा परेका छन । यसका साथै टिममा सागर पन्त, राकेश कर्ण, आशिक लामा र कप्तानका रुपमा पुर्व राष्ट्रिय खेलाडी बरदान चालिसे रहेका छन । यस्तै टिमका मुख्य खेलाडीका रुपमा कनिस्क चौगाई पनि छन ।

त्यसबाहेक टिममा किरण श्रेष्ठ, दिवस बराल, सुरेन विसी, संजय कार्की, दिलिप थापा, अनुज श्रेष्ठ, प्रयास पण्डित, विज्ञाने पाण्डे छन । टिमको ब्यवस्थापकको जिम्मेवारी उत्सव सिग्देलले निभाउनेछन । प्रतियोगिताको विजेताले १५ हजार अमेरीकी डलर पाउनेछ । अमेरीकाका प्रतिष्ठीत क्लवहरुको सहभागिता रहने प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान र बलरले पाच हजार अमेरीकी डलर पाउनेछन ।

Most Popular

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Subscribe !

Subscribe to our email newsletter


Copyright © 2017 Cricnepal.com. All Rights Reserved.

To Top