International News

पाकिस्तानी क्रिकेटर शर्जील खान पाँच बर्षको प्रतिबन्धमा

पाकिस्तान क्रिकेट बोर्डले क्रिकेटर ब्याट्सम्यान शर्जील खान स्पोट फिक्सिङ गरेको आरोपमा पाँच बर्षको प्रतिबन्ध लगाएको हो ।

यसै सिजन भएको पाकिस्तान सुपर लिग क्रिकेटको दौरान शर्जीलले म्याच फिक्सीङ गरेको भेटिएपछि उनलाई प्रतिबन्ध लगाइएको हो । शर्जीलले उक्त लिगको दौरान भ्रष्टाचारका लागि बारेको नीति तथा नियम उलंघन गरेको प्रमाण फेला परेको कारण प्रतिबन्ध लगाइएको बोर्डले जनाएको छ ।

२८ वर्षिय देब्रेहाते ब्याट्सम्यान शर्जीलले इस्लामावाद युनाइटेडबाट सुपर लिग खेलेका थिए । उनले पाकिस्तानको राष्ट्रिय टोलीबाट एक टेष्ट, २५ एकदिवसीय र १५ टि–ट्वान्टी खेल खेलिसकेका छन् । उनले पाकिस्तानको जर्सिमा पछिल्लो पटक अष्ट्रेलिया बिरुद्ध यहि जनावरीमा एकदिवसीय खेल खेलेका थिए ।

Most Popular

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Subscribe !

Subscribe to our email newsletter


Copyright © 2017 Cricnepal.com. All Rights Reserved.

To Top