National News

राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र अलराउन्डर मेहबुब आलम आज सिंगापुर प्रस्थान

Paras Khadka Century against Namibia

राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र अलराउन्डर मेहबुब आलम आज सिंगापुर प्रस्थान गर्दैछन । पारस र मेहबुब आउँदो शुक्रबारबाट सुरु हुने सिंगापुर क्रिकेट क्लब इन्टरनेशनल ट्वान्टी ट्वान्टी प्रतियोगितामा सहभागिता जनाउन सिंगापुर जान लागेका हुन् ।

कप्तान पारस खड्काले यो प्रतियोगिताले विश्व क्रिकेट लिग च्याम्पियन्स लिग अन्तर्गत अगस्टमा हङकङ विरुद्ध हुने खेलका लागी सहयोगी हुने बताएका छन। हङकङ राष्ट्रिय टिमका सात जना खेलाडीले पनि यो प्रतियोगितामा सहभागिता जनाउदैछन ।

नेपालमा अहिले क्रिकेटको अफ सिजन हो । खेलाडीले फिजिकल फिटनेश र इन्डोर अभ्यास मात्र गरिरहेको समयमा भएको यो खेलले एक्सपोजर पनि दिएको पारसको भनाइ छ । पारस र मेहबुब दुवैले सिंगापुर इमर्जिङ स्टार एघारको प्रतिनधित्व गर्नेछन । यस टिममा श्रीलन्काका पुर्व स्टार खेलाडी मुथैया मुरलिधरण लगायत आइपिएल खेलिसकेका खेलाडीहरु शादाब जकाती र बालाचन्द्र अखिल पनि रहेका छन ।

पारसले स्वास्थका कारण गत चैतमा भएको केन्यासंगको खेल सहित बैशाखमा भएको एसीसी इमर्जिङ टिम्स कप पनि गुमाएका थिए । त्यसैले उनको यो अन्तराष्ट्रिय प्रतियोगितामा कम ब्याक पनि हो । घरेलु प्रतियोगितामा भने उनी धनगढी प्रिमियर लिग मार्फत मैदानमा फर्किएका थिए ।

पारस र मेहबुब दुवैलाइ सिंगापुरका क्रिकेट खेलाडी धर्मीचन्द्र मुलेवालेले प्रतियोगितामा खेल्न प्रस्ताव गरेका थिए ।

तीन दिन सम्म चल्ने यस प्रतियोगितामा कुल आठ टिमको सहभागिता छन । आठ टिमलाइ दुइ समुहमा बाडिएको छ । जसमा समुह ए मा सिंगापुर क्रिकेट क्लब, मद्रास क्रिकेट क्लब भारत, सिड्नी क्रिकेट क्लब अस्ट्रेलिया र रोलिन नेशनल क्रिकेट एकेडेमी दक्षिण अफ्रिका छन । समुह बी मा पारस र मेहबुब रहेको सिगांपुर इमिर्जङ स्टार्स, मेर्लिबोन क्रिकेट क्लब अस्ट्रेलिया, सिन्हालेस स्पोर्टस कलब श्रीलङका र नोलुङ क्रिकेट क्लब हङकङ छन ।

Comments:

comments

About the author

Nischal Tiwari

Nischal Tiwari is the Founder/Editor of Cricnepal.com, Nepal's popular cricket News website. He is a sports Journalist and writes cricket news and articles.

Follow @nischaltiwari

Latest News