National News

आध्यात्मिक विश्वास शरद र निशाकाे

गत महिना लगनगाँठो कसेका क्रिकेटर शरद भेसावकर र अभिनेत्री निशा अधिकारी भारतको बैंगलोर स्थित आर्ट अफ लिभिंग अन्तर्राष्ट्रिय केन्द्रमा पुगेर आर्ट अफ लिभिंगका संस्थापक श्रीश्री रबिशंकरको शरणमा पुगेका छन ।

शरदले आफ्नो फेसबुकमा श्रीश्री रबिशंकरसंगको तस्बिर राख्दै आशीर्वाद ग्रहण गरिरहेको लेखेका छन् । उता निशाले पनि फेसबुकमा भर्खरै बिबाहित जोडीलाई श्रीश्रीबाट आशिर्वाद प्राप्त भनेर फोटो सहित स्टाटस राखेकि छिन् । शरद लगायत नेपाली रास्ट्रिय क्रिकेट टिमले सन् २०१३ मा आर्ट अफ लिभिंगको कोर्स समेत गरेका थिए जुन बेला देखि शरद आर्ट अफ लिभिंगसंग नियमित रुपमा जोडिएका छन् र श्रीश्री रबिशंकरलाई गुरु मान्ने गरेका छन् । बिबाह पछि पहिलो भ्रमणनै धार्मिक गुरु रबिशंकरको स्थानमा गर्नुले दुवैको अध्यात्मिक रुची देखिएको छ । शरद र निशा दुवै अध्यात्ममा रुची राख्ने गर्छन् l दुवैले कठिन मानिने बिपस्यना ध्यान गरिसकेका छन् भने नियमित रुपमा ध्यान समेत गर्नेगरेका छन् ।

Comments:

comments

About the author

News Staff

Latest News