International News

पारस र महबुवको टिमले १९३ रनको लक्ष्य पायो, महबुव सुरुमा नै आउट

सिंगापुर क्रिकेट क्लब इन्टरनेसनल टि-२० प्रतियोगिता अन्तर्गत पहिलो खेलमा सिंहालिज स्पोर्ट्स क्लबले सिंगापुर इमर्जिंग स्टार टिमलाई १९३ रनको लक्ष्य दिएको छ ।

निर्धारित १७ ओभरमा १९२ रन बनाएको सिहालिजले टस हारेर ब्याटिङको निम्तो पाएको थियो । वर्षाका कारण खेल १७ ओभरमा झारिएको हो । सिंहालिज स्पोर्ट्स क्लबको लागि दासुन शनाकाले सर्बाधिक अविजित ७९ रन तथा मिनोध बानुकाले ५० रनको योगदान दिए । शानाकाले २७ बलमा ८ छक्का र ५ चौका प्रहार गरेका थिए ।
बलिंग तर्फ सिंगापुरे टिम को लागि महबुब आलमले सर्बाधिक २ विकेट लिए भने पारस खड्काले १ तथा अखिल बालचन्द्रले १ विकेट हात पारे । जवाफमा ओपनिंग ब्याटिंग गर्न आएका मेहबुब आलम ४ रन बनाएर आउट भए । श्रीलंकन रास्ट्रिय क्रिकेटर सचित्रा सेनानायकेले आलमलाई चौथो ओभरमा क्याच आउट गराएका हुन् । आलमले ११ रन बनाएका हुन् ।

Most Popular

To Top