International News

पारस र महबुवको टिम पराजित

नेपाली कप्तान पारस खडका र महबुव आलमको टिम सिंगापुर इमर्जिङ स्टार पहिलो खेलमा पराजित भएको छ ।

सिङगापुर क्रिकेट क्लब इन्टरनेसनल टि-२० प्रतियोगिता अन्तर्गत सिंगापुर इमर्जिंग स्टार टिम सिंहालिज स्पोर्ट्स क्लबसंग डकवर्थ एण्ड लुइसको नियमका आधारमा ३६ रनले पराजित भएको छ । टस हारेर ब्याटिंग गरेको सिंहालिज स्पोर्ट्स क्लबले बर्षाका कारण १७ ओभरमा झारीएको खेलमा १९२ रन बनाएको थियो । उसका लागि दासुन शनाकाले सर्बाधिक अविजित ७९ रन तथा मिनोध बानुकाले ५० रनको योगदान दिएका थिए । शानाकाले २७ बलमा ८ छक्का र ५ चौका प्रहार गरेका थिए । बलिंगतर्फ सिंगापुर टिमको लागि महबुब आलमले सर्बाधिक २ विकेट लिए भने पारस खड्काले १ तथा अखिल बालचन्द्रले १ विकेट हात पारेका थिए ।

जवाफमा १९३ रनको लक्ष्य पछ्याउने क्रममा सिङगापुर टिमले ५ ओभर चार बलमा २ विकेट गुमाउदा पुन बर्षा भएपछि खेल रोकिएको थियो । जसका कारण डी/एल मेथडको आधारमा सिंहालिज स्पोर्ट्स क्लबलाई बिजेता घोषित गरिएको हो । सिंगापुर इमर्जिंग स्टार्सले ओपनर चामिन्दा रुवानलाई ११ तथा मेहबुब आलमलाई ४ रनमा गुमाएको थियो । श्रीलंकन राष्ट्रिय क्रिकेटर सचित्रा सेनानायकेले दुवै विकेट लिए । प्रतियोगिता अन्तर्गत समुह ‘बि’ अन्तर्गत सिंगापुर इमर्जिंग स्टार्सले भोलि २ वटा खेल खेल्नेछ l

Comments:

comments

About the author

News Staff

Latest News