Outside Nepal

पारस र मेहबुबको टिमले दुबै खेल खेल्नै, दुबै खेलमा जित आवश्यक

नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्का र मेहबुब आलम सम्मेलित सिंगापुर इमर्जिंग स्टार टिमले सिंगापुर क्रिकेट क्लब इन्टरनेश्नल टि-२० प्रतियोगिता अन्तर्गत आज २ वटा खेल खेल्दैछ ।

सिङगापुरमा हुने पहिलो खेलमा घरेलु क्लवले अस्ट्रेलियाको मेर्लबर्न क्रिकेट क्लबसग नेपाली समय अनुसार ९:३० बजे तथा काउलुन क्रिकेट क्लब हंङकङ विरुद्धको दोस्रो खेलनेपाली समय १२:४५ बजे हुनेछ । सिङगापुर टिमले हिजो खेलेको पहिलो खेलमा सिंहालिज स्पोर्ट्स क्लबसंग डकवर्थ एण्ड लुइसको नियमका आधारमा ३६ रनले पराजित भएको थियो । सो खेलमा पराजित भएपछि टिमलाई सेमीफाइनल प्रवेश गर्न आज दुबै खेलमा जित आवस्यक छ ।

हिजो महबुबले दुइ विकेट लिएपनि ब्याटिङमा भने खासै राम्रो गर्न सकेका थिएनन । यता पारसले ब्याटिङ गर्ने मौका पाएनन र भने बलिङमा एक विकेट लिएका थिए । काउलुन क्रिकेट क्लबमा हंङकङ रास्ट्रिय क्रिकेटरहरुको बर्चस्व रहेको छ । टिमको कप्तानी हङकङ क्रिकेटर वकास बर्कतले गर्दै छन् भने किन्चित शाह , अन्शुमन रथ, निजाकत खान जस्ता हङकङ रास्ट्रिय क्रिकेटर टिममा छन् ।

Comments:

comments

About the author

News Staff

Latest News