International News

पारस र मेहबुबको टिम स्टार्स फाइनलमा

पारस खड्का र मेहबुब आलमको टिम सिंगापुर इमर्जिंग स्टार्स सिंगापुर अन्तर्राष्ट्रिय क्लब टि-२० प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । रोमान्चक खेलमा मद्रास क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै स्टार्स फाइनल प्रवेश गरेको हो ।

टस हारेर पहिले ब्याटिंग गर्दै मद्रासले निर्धारित २० ओभरमा चार विकेट गुमाउदै १८५ को स्कोर बनाएको थियो । मद्रासको लागि ओपनर स्वप्निल एस र रफी गोमेजले क्रमशः ५३ र ४० रन योगदान दिएका थिए । यस्तै वासुदेव दासले ४२ रनको योगदान दिए । स्टार्सको लागि अनन्थ कृष्णले २ विकेट दिलाए भने प्रमोध राजाले १ विकेट हात पारे । जवाफमा स्टार्सले १९ ओभरमा ४ विकेट मात्र गुमाई लक्ष पुरा गर्यो । पारस खड्काले अलराउण्ड प्रदर्शन गर्ने क्रममा ब्याटिंगतर्फ ३६ रन बनाए भने बलिंगमा पनि महत्वपूर्ण १ विकेट हात पारे । उनले मात्र २० बलमा २ छक्का र ३ चौका प्रहार गरेका थिए ।

१८६ रनको लक्ष्य पछ्याउने क्रममा चेतन सुर्यबंशीले अविजित ४२ रन तथा अखिल बालचन्द्रले अविजित २३ रन बनाएका थिए । सुर्यबंशीले २९ बलमा ४ चौका र २ छक्का प्रहार गरे भने बालचन्द्रले २ छक्का र १ चौका प्रहार गरे । चौथो विकेट १३४ रनहुदा गुमाएपछि पाचौ विकेटको लागि ५५ रनको साझेदारी गर्दै टिमलाई सुर्यबंशी र बालचन्द्रले रोमान्चक जित दिलाएका हुन् । फाइनल खेल आज १२:४५ बजे खेलिनेछ । सिन्हालिज स्पोर्ट्स क्लब र सिड्नी क्रिकेट ग्राउण्ड बीच खेलिने दोश्रो सेमीफाइनलको बिजेताले सिंगापुर स्टार्ससंग फाइनल खेल्नेछ ।

Comments:

comments

About the author

News Staff

Latest News