International News

पारस र मेहबुबको टिम फाइनलमा हार्यो, श्रीलंकाको सिंहालिज स्पोर्ट्स क्लबलाइ उपाधि

सिंगापुर अन्तर्राष्ट्रिय क्लब टि-२० प्रतियोगिताको उपाधि श्रीलंकाको सिंहालिज स्पोर्ट्स क्लबले जितेको छ । सिंहालिजले पारस खड्का र मेहबुब आलमले प्रतिनिधित्व गरेको सिंगापुर इमर्जिंग स्टार्सलाई १० विकेटले पराजित गरयो ।

टस हारेर ब्याटिङको निम्तो पाएको सिंगापुर इमर्जिंग स्टार १९ ओभरमा १३० रनमा अलआउट भयो । स्टार्सका लागि चेतन सुर्यबंशीले सर्बाधिक ४३ तथा चामिन्दा रुवान र अखिल बालचन्द्रले समान २२/२२ रनको योगदान दिए । यस्तै मेहबुब आलम १४ रनमा अविजित रहंदा पारस खड्का भने खाता खोल्न पाएनन । उनि अख्ताब कडेरको बलमा बोल्ड आउट हुन पुगेका थिए । सिंहालीज स्पोर्ट्स क्लबको लागि अख्ताब कडेर रमेष मेन्डिसले तीन ३ विकेट हात पारे भने सचित्रा सेनानायकेले २ विकेट लिए ।

जवाफमा सिंहालिज स्पोर्ट्स क्लबले आठ ओभर ५ ओभरमा बिना विकेटको क्षेतीमा लक्ष्य पुरा गरेको हो । सिंहालिजको लागि एमडी शानाकाले अविजित ६७ तथा मिनोध बानुकाले अविजित ५८ रन बनाए । शानाकाले २८ बलमा ८ छक्का र ३ चौका प्रहार गरे भने बानुकाले २५ बलमा ४ छक्का र ६ चौका प्रहार गरे । उपाधि सहित सिंहालीज स्पोर्ट्स क्लबले ५ हजार अमेरिकी डलर हात पार्यो भने उपविजेता सिंगापुर इमर्जिंग स्टार्स २ हजार अमेरिकी डलरमा चित्त बुझायो ।

Comments:

comments

About the author

News Staff

Latest News