Nepal U19

एसीसी यू-१९ छनोटका लागि २८ खेलाडी बोलाइयो, को को परे हेरौ

मलेसियामा सेप्टेम्बर ८ देखि १७ तारिकसम्म आयोजना हुने एसीसी यु-१९ प्रतियोगिताको लागि प्रारम्भिक चरणमा २८ सदस्यीय टोलीको घोषणा गरिएको छ ।
एसीसी यु-१९ प्रतियोगितामा नेपाल सहित मलेसिया, सिंगापुर, हंगकंग, नेपाल, थाईल्याण्ड, भुटान, चाइना र म्यानमार सहभागी हुँदैछन् । नोभेम्बरमा आयोजना हुने यु-१९ एसिया कपको लागि समेत यो छनौट प्रतियोगिता हुनेछ । यस प्रतियोगिताको उत्कृष्ट हुने २ टिम यु-१९ एसिया कप खेल्न छनौट हुनेछन ।

नेपालले यसै महिना सिंगापुरमा यु-१९ एसिया बिश्वकप छनौट खेलेको थियो जसमा अफगानिस्तान बिजेता हुँदै यु-१९ बिश्वकप छनौट भएको थियो । यु-१९ बिश्व कप छनौट हुन असफल नेपाली टिमले यु-१९ एसिया कपमा पुनः आफुलाई प्रमाणित गर्ने मौका पाउनेछ । गत बर्ष यु-१९ एसिया कपमा नेपालले छनौट चरण पार गर्न नसके पनि श्रीलंकासंग मात्र १ रनले पराजित हुँदै प्रशंशा बटुलेको थियो ।

२४ खेलाडीको नामावली

१. सन्दिप लामिछाने
२. अनिल शाह
३. सन्दिप सुनार
४. दिपेन्द्र ऐरी
५. ललित राजबंशी
६. प्रकाश केसी
७. पवन सर्राफ
८. रोहित पौडेल
९. रिजन ढकाल
१०. शाहब आलम
११. प्रनित थापा
१२. आदील खान
१३. आसिफ शेख
१४. किशोर महतो
१५. बिक्रम भुसाल
१६. सन्दिप जोरा
१७. रासिद खान
१८. सुशान्त सिंह थापा
१९. नन्दन यादब
२०. कमल सिंह ऐरी
२१. सुमित महर्जन
२२. जितेन्द्र सिंह ठकुरी
२३. मिनास थापा
२४. अंकित सुबेदी
२५. हरि चौहान
२६. अविनाश कर्ण
२७. भिम सार्की
२८. रबिन्द्र जंग शाही

Latest News

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Copyright © 2010-2017 Cricnepal.com. All Rights Reserved.

To Top