National News

यू–१९ टिमको तयारी भोली देखि, बर्षा मुख्य चुनौती

मलेसियामा हुने एसीसी यू १९ इस्ट्रन रिजनका लागि नेपाली टिमले भोली देखि तयारी सुरु गर्दै छ ।

मलेसियामा सेप्टेम्बर आठ देखि १७ तारिखसम्म हुने प्रतियोगिताका लागि पहिलो चरणमा २८ खेलाडी प्रशिक्षणमा बोलाएको छ । जसमा विश्वकप छनोट खेलका खेलाडीसंग अन्य राष्ट्रिय प्रतियोगितामा राम्रो गर्ने खेलाडीलाई स्थान दिइएको छ । सुरुवातमा बोलाइएका खेलाडीबाट दुई चरण गरेर टिम तयार पारिनेछ । किर्तीपुर क्रिकेट मैदानमा टिमले तयारी गर्नेछ ।

बर्षा सिजन भएकाले टिमलाई असर नपरोस भनेर बैदेशिक प्रशिक्षणमा लाने योजना भएपनि एकिन भने हुन सकेको छैन । हुन सके भारतमा नभए प्रतियोगिता भन्दा केहि अगाडी गएर मलेसियामा प्रशिक्षण गर्ने तयारी टिमको रहेको छ । नया प्रतियोगिताका रुपमा आएको यस इभेन्टसमा नेपालसंगै मलेसिया, सिंगापुर, हङकङ, थाइल्याण्ड, भुटान, म्यानमार र चीनले प्रतिस्पर्धा गर्नेछन ।

शिर्ष दुई स्थान हात पार्नेले एसीसी यू १९ एशिया कपमा स्थान पाउनेछन । नोभेम्बरमा हुने बताइएको एशिया कपमा एसीसीको अर्को प्रतियोगिताको शिर्ष दुई टोलीले प्रतिस्पर्धा गर्नेछन । टेष्ट मान्यताप्राप्त भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशले एशिया कपमा साझै प्रतिस्पर्धा गर्नेछन ।

Most Popular

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Subscribe !

Subscribe to our email newsletter


Copyright © 2017 Cricnepal.com. All Rights Reserved.

To Top