International News

बसमाथि आक्रमण भएपछि अष्ट्रेलियन टिमको सुरक्षा कडाइ

बंगलादेशको भ्रमणमा रहेको अष्ट्रेलियन क्रिकेट टिम बस माथी आक्रमण भएको छ ।

दोश्रो टेष्टको पहिलो दिनको खेल सकेर जाहुर अहमद चौधरी रंगाशाला आउने क्रममा बसमा आक्रमण भएको हो । बसको सिसा फुटे पनि खेलाडीलाई भने केहि पनि भएको छैन । उक्त घटना कसले गरेको हो भन्ने अझै थाहा भईसकेको छैन तर पनि पुलिसले यसको सत्य तथ्य पत्ता लगाउन हरदम प्रयास गरिरहेको छ । पुलिसले भने सडक बालबालिकाले खेल्ने क्रममा अष्ट्रेलियन क्रिकेट टिमको बसमा लाग्न पुगेको हुन सक्ने बताएको छ ।

पहिलो दिनको खेलमा बंगलादेशले आफ्नो छ विकेट गुमाएर २५३ रन बनाएको थियो भने दोश्रो दिनमा ३०५ रनमा सकेटिएको छ । त्यसको जवाफमा दोश्रो दिनको खेलको समप्तिमा अष्ट्रेलियाले दुई विकेटको नोक्सानीमा २२५ रन बनाएको छ । पहिलो टेष्टमा २० रनले पाराजित भएको अष्ट्रेलिया पहिलो पारिमा अझै ८० रनले पछि छ भने उसको अझै आठ विकेट हातमा छ ।

Most Popular

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Subscribe !

Subscribe to our email newsletter


Copyright © 2017 Cricnepal.com. All Rights Reserved.

To Top