Nepal U19 Cricket

सन्दिप बने उत्कृष्ट खेलाडी, दिपेन्द्र उत्कृष्ट बलर

नेपाललाइ उपाधि दिलाउन महत्वपुर्ण भुमिका खेलेका सन्दिप लामिछाने एसीसी यु-१९ एशियाकप छनोट प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

५ खेलमा १६ विकेट लिएका सन्दिपले प्रतियोगिताका सबै बलरहरुलाई पछि पार्दै शिर्ष स्थानमा रहे । धेरै विकेट लिने सुचीमा नेपालका कप्तान दिपेन्द्र ऐरी दोश्रो स्थान रहे । उनले कुल १३ विकेट हात पारेका थिए। दिपेन्द्र प्रतियोगिताकै उत्कृस्ट बलर घोषित भए।
हंगकंग बलर जठाभेद ९ विकेट सहित धेरै विकेट लिने सुचीमा तेश्रो स्थानमा छन् । पवन सर्राफले कुल ८ विकेट सहित सुचीको चौथो स्थानमा रहे ।

Most Popular

To Top