Nepal Cricket

नेत्रहिन विश्वकप क्रिकेटका लागि नेपाली राष्ट्रिय टिम घोषणा

एकदिवसीय नेत्रहीन क्रिकेट विश्वकप प्रतियोगिताका नेपाली राष्ट्रिय क्रिकेट टिम घोषणा गरिएको छ।

३ सदस्यीय छनोट समितिले कृतन श्रेष्ठ दुवालको कप्तानीमा बुधबार राष्ट्रिय टिम घोषणा गरिएको हो। छनोट समितिमा नेत्रहीन क्रिकेट संघका प्रतिनिधि निरोज गिरी, नेत्रहीन क्रिकेटका राष्ट्रिय प्रसिक्षक रिजन प्रजु र नेत्रहीन क्रिकेटका कप्तान कृतन श्रेष्ठ दुवाल थिए। भदौ २२ देखि २४ सम्म पोखरा रंगशालाको क्रिकेट मैदानमा खेलाडी छनोट प्रतियोगिता भएको थियो।

०१७ मा भारतमा भएको टि-२० नेत्रहीन क्रिकेट बिश्वकपमा सहभागी खेलाडी, बैकल्पिक खेलाडी र देश भरिका विभिन्न क्लबबाट उत्कृस्ट खेल प्रदर्शन गर्ने खेलाडी समावेश गराई ३ दिने छनोट प्रतियोगितामा २६ जना खेलाडील समाबेश गराइएको थियो ।

नेत्रहिन विश्वकप आगामी जनवरीमा १० देखि २५ सम्म पाकिस्तान नेत्रहीन क्रिकेट परिषदको आयोजना र बिश्व नेत्रहीन क्रिकेट परिषदको सहायोजनामा पाकिस्तान र संयुक्त अरब इमिरेट्समा आयोजना हुँदैछ। विश्वकपमा भारत, श्रीलंका, बंगलादेश, नेपाल, अस्ट्रेलिया, दक्षिण अफ्रिका र वेस्ट इन्जिडले प्रतिस्पर्धा गर्दै छन्।

छनोट भएका खेलाडी

बी वान
१. सुनील सुवेदी क्षेत्री
२. बिक्रमबहादुर राना
३. नरेश चौधरी
४. भारत चौलागाईं
५. दुर्गादत्त पौडेल

बी टु
१. सुनील राना
२. खिमानन्द गैरे
३. सुर्य प्रसाद भट्टराई
४. बद्रि चौलागाईं

बी ३
१. कृतन श्रेष्ठ दुवाल
२. पद्म बहादुर बडेला
३. सशांक रेग्मी
४. भरत थापा
५. रमेश बहादुर बानियाँ

Latest News

To Top