National News

क्यानको नयाँ कार्यसमितीका लागि पुष ९ गते साधारण सभा हुने

नेपाल क्रिकेट संघको नया कार्यसमिती गठनका लागि निर्वाचित क्यानले जिल्लाको साधारण सभाका लागि मिती तय गरेको छ ।

सल्लाहकार समितीले प्रस्ताव गरेको विधान मस्यौदालाई ६ गते काठमाडौमा भएको विशेष साधारण सभाले संशोधन सहित पारित गरेर राष्ट्रिय खेलकुद परिषदमा पठाएकोमा परिषदले पनि भदौ २६ गते सो विधानलाई पारित गरेको थियो । स्विकृत विधान बमोजिम क्यानले तीनै तह जिल्ला, प्रदेश र केन्द्रको साधारण सभा गरि नया कार्यसमिती गठन गर्नुपर्ने भएको हुदा कार्तिक ८ गतेसम्म संघबाट मान्यता प्राप्त ३९ जिल्लाले साधारण सभा गर्नुपर्ने मिती तोकेको छ । त्यस्तै मंसिर ८ गतेसम्म प्रादेशिक र पुष नौ गतेसम्म केन्द्रको साधारण सभा गर्ने भएको छ । संघले विज्ञेप्ती जारी गर्दै आज सबै जिल्लालाई पत्राचार गरेको छ ।

संघको विज्ञेप्ती यसप्रकार छ ।

Most Popular

To Top