National News

पाेखरा लायन्स माछापुच्छ्रे क्रिकेट लिगको शिर्ष स्थानमा,

पोखरामा जारी माछापुच्छ्रे क्रिकेट लिगमा भोली फाइनलमा पुग्ने पहिलो टिमको टुङगो लाग्नेछ । आज स्याङगा च्यालेञ्जस डिस्क्वालिफाइ भएपछि माछापुच्छ्रे लायन्सले तीन अंक हात पार्दै शिर्ष चारमा पुग्न सफल भयो ।

पोखरामा भएको खेलमा प्रतियोगिताको नियम तोडेको भन्दै अघिल्लो खेलमा नै डिस्क्वालिफाइ भएको स्याङगा विरुद्ध माछापुच्छ्रेले महत्वपुर्ण तीन अंक हात पार्दै शिर्ष चारमा पुग्यो । भोली हुने इलिमिनेटर खेलमा माछापुच्छ्रेले बाग्लुङसंग खेल्नेछ । आज बाग्लुङले इन्फोमेटिक्स कलेजलाई चार विकेटले हरायो ।

पहिलो ब्याटिङ गरेको इन्फोमेटिक्स १८ ओभर दुई बलमा ६७ रनमा अलआउट भयो । जवाफमा बाग्लुङले १३ ओभर पाच बलमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरयो । उसका लागि किसन खडकाले ३० रन बनाए । प्रतियोगितामा भोली लिगको शिर्ष स्थानमा रहेको पोखरा लायन्स र पर्वत टाइटन्स विच फाइनल क्वालिफायर्स हुने भने इलिमिनेटर खेलमा माछापुच्छ्र र बाग्लुङ विच प्रतिस्पर्धा हुनेछ ।

Most Popular

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Subscribe !

Subscribe to our email newsletter


Copyright © 2017 Cricnepal.com. All Rights Reserved.

To Top