International News

बेन स्टोक पुलिसको फन्दामा, पाँच बर्षसम्म जेल हुनसक्ने

इग्ल्याण्ड क्रिकेट टिमका उपकप्तान तथा अलराउण्डर बेन स्टोक गिरफ्तारमा परेका छन ।

ब्रिस्टालमा भएको दुर्घटनामा स्टोकपनि जिम्मेवार भएको भन्दै पुलिसले सोमबार विहान गिरफतार गरेर जेल चलान गरेको थियो । एक रात जेलमा विताएका स्कोटसंगै ओपनर एलेक्स हल्सले पनि आज राति हुने एक दिवसिय खेल गुमाउने भएका छन । इग्ल्याण्ड क्रिकेट बोर्डका अनुसार वेष्ट इन्डिज विरुद्धको टेष्ट श्रृखला जितेपछि स्टोक र हल्स पुरै रात पार्टिमा ब्यस्त रहेका थिए ।

मदिरा सेवन गरेर दुर्घटना गरेका कारण उनलाई पुलिसले पक्राउ गरेको हो । २६ बर्षे स्कोटरले वेष्ट इन्डिज विरुद्धको अन्तिम टेष्टमा ७३ रन हानेका थिए । पुलिसले पक्राउ गरेपनि मदिरा सेवन गरेको पुष्टी भएपछि उनलाई पाच बर्षसम्मको जेल हुन सक्ने बताइएको छ । हल्सलाई पुलिसले थप अनुसन्धानमा सहयोग गर्न ब्रिस्टोल बोलाएको छ । यो घटना भएको २४ घण्टापछि मात्र खेलाडी परेको बाहिर आएको हो । अब यी दुई खेलाडी एसेस श्रृखलामा पनि टिममा नपर्ने इसिवीले जनाएको छ ।

Latest News

To Top