National News

रहेनन नेपालमा क्रिकेट स्थापना गर्ने धरोहर शाह

नेपाल क्रिकेट संघ क्यानका पूर्व अध्यक्ष तथा पूर्व राष्ट्रिय क्रिकेट खेलाडी जयकुमार नाथ शाहको बुधबार निधन भएको छ ।

लामो समयदेखि मुटु रोगबाट ग्रसित ८९ वर्षीय शाहको उपचारका क्रममा नर्भिक अस्पतालमा मृत्यु भएको हो । एक साताअघि निवासकै बाथरुममा लडेर टाउकोमा चोट लागेपछि उनलाई नर्भिक अस्पताल पुर्याुइएको थियो । उपचारकै क्रममा उनको आज बिहान १० बजेर २० मिनेटमा निधन भएको हो । शाहले २०२२ सालदेखि नेपाल क्रिकेट संघको नेतृत्व संहालेका थिए । उनी लगातार ४० वर्ष क्यानको अध्यक्षमा आसिन रहे । उनी अध्यक्ष रहँदा नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय सहभागिता सुरु गरेको थियो भने केहि भौतिक पूर्वाधारसमेत बनेका थिए । संघको नेतृत्वमा आउनुअघि उनी राष्ट्रिय खेलाडी समेत थिए ।

उनले ४० वर्ष नेतृत्व गरेको नेपाल क्रिकेट संघ गत वर्ष आइसीसीको निलम्बनमा परेपछि अहिले अपांग भएको छ । गत भदौ ६ गते काठमाडौंमा सम्पन्न नेपाल क्रिकेट संघको बिशेष साधारणसभामा बिशेष अतिथिको रुपमा उपस्थित भएका उनले क्रिकेटको भविश्यप्रति चिन्ता जाहेर गरेका थिए । यसैबीच नेपाल क्रिकेट संघ क्यानले बिज्ञप्ति जारी गरी संघका पूर्व अध्यक्ष तथा एसीसीका पूर्व उपाध्यक्ष शाहको निधनमा शोक प्रकट गरेको छ । महासचिव अशोकनाथ प्याकुरेलले जारी गरेको बिज्ञप्तिमा नेपाली क्रिकेटमा लामो योगदान गरेका शाहको निधनले क्रिकेट बिकाशको नक्षेत्र गुमाउनुपरेको उल्लेख छ ।
शाहको निधन प्रति पुरै क्रिकेट क्षेत्रले सोक ब्यक्त गरेको छ ।

Most Popular

To Top