International News

इङग्ल्याण्डले वेष्ट इन्डिजलाइ सात विकेटले पराजित

वेष्ट इन्डिज विरुद्धको पहिलो एकदिवसिय खेलमा इग्ल्याण्ड सात विकेटले विजयी भएको छ । जितसंगै वेष्ट इन्डिजले पाच खेलको श्रृखलामा एक शुन्यको अग्रता बनाएको छ ।

इग्ल्याण्डको म्यानचेस्टरमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिज ४२ ओभरमा झारीएको खेलमा नौ विकेट गुमाउदै दुई सय चार रन बनायो । उसका लागि कप्तान जेसोन होल्डरले ४१ तथा क्रिस गेलले ३७ र से होपले ३५ रनको योगदान गरे । बलिङ तर्फ इग्ल्याण्डका बेन स्टोकले तीन विकेट लिए ।

जवाफमा इग्ल्याण्डले ३० ओभर पाच बलमा तीन विकेट गुमाउदै लक्ष्य पुरा गरयो । इग्ल्याण्डको जितमा जोनी ब्रेष्टोले सतक प्रहार गरे । करियरमा पहिलो सतक बनाएका जोनीले ९७ बलमा अविजीत एक सय रन बनाए । यस्तै जोय रुटले ५४ र बेन स्टोकले २३ रन बनाए । वेष्ट इन्डिज पराजित भएसंगै श्रीलंका २०१९ को विश्वकप साझै खेल्न पाउने भएको छ ।

Latest News

To Top