International News

वेष्ट इन्डिज विरुद्बको श्रृखला इङग्ल्याण्डले ४-० ले जित्यो

वेष्ट इन्डिज विरुद्धको पाचौ तथा अन्तिम एकदिवसिय खेलमा इग्ल्याण्ड नौ विकेटले विजयी भएको छ । जितसंगै इग्ल्याण्डले पाच खेलको श्रृखला चार शुन्यले आफनो पक्षमा पारेको छ ।

साउथ ह्याम्टनमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको वेष्ट इन्डिजले ५० ओभरमा ६ विकेट गुमाउदै दुई सय ८८ रन बनाएको थियो । उसका लागि सेइ होपले ७२ तथा क्रिस गेलले ४० रनको योगदान गरे । यस्तै मार्लोन स्यामुयलले ३२ र केली होपले ३३ रन जोडे । जवाफमा इग्ल्याण्डले ३८ ओभरमा मात्र एक विकेट गुमाउदै लक्ष्य पुरा गरयो ।

इग्ल्याण्डको जितमा जेसोन रोय र जोनी ब्रेस्ट्रोको उत्कृष्ट साझेदारी गरे । पहिलो विकेटका लागि यी दुई खेलाडीले एक सय ५६ रन बनाएका थिए । जसमा रोयले ९६ रन बनाउदा ब्रेस्ट्रोले एक सय ४१ रनको पारी खेले । उनले एक सय १४ बलमा १७ चौका प्रहार गरेका थिए । यस्तै जोय रुटले अविजीत ४६ रन बनाए । प्रतियोगिताको उत्कृष्ट खेलाडी इग्ल्याण्डका मोयन अली बने ।

Most Popular

To Top