International News

एसेसका लागि इङग्ल्याण्ड टिमको घोषणा, जेल परेका स्टोक पनि टिममा

सोमबार एउटा डिस्कोमा दुर्घटनामा परेर हातमा चोट बोकेका बेन स्टोक पुलिसको निगरानीमा हुदापनि अष्ट्रेलिया विरुद्धको एसेस श्रृखलाका लागि टिममा परेका छन ।

ब्रिस्टानको एक डिस्कोमा मदिरामा मातिएका स्टोक पुलिस हिरासत पुगेका थिए । तर पुलिसको निगरानीमा हुदापनि इग्लिस क्रिकेट बोर्डले एसेसका लागि घोषणा गरेको १६ जनाको सुचिमा स्टोक पनि परेका छन । उनको दाया हातमा सामान्य चोट लागेपनि प्रतियोगिता आउँदा सम्म ठिक हुने आशा बोर्डले गरेको छ ।

२६ बर्षे स्टोकसंगै जेम्स भिन्स र गेरी बालेन्स पनि टिममा परेका छन । वेष्ट इन्डिज विरुद्धको दोस्रो एकदिवसिय खेल जितेपछि खुसी मनाउन स्टो ब्रिस्टोलको डिस्कोमा पुगेका थिए । जहाबाट उनलाई पुलिसले पक्रिएर एक रात जेलमा समेत रहेको थियो । सो बेला क्रिकेट बोर्डले तेस्रो एक दिवसिय खेल गुमाउनुका साथै एसेस टिममा पनि पर्न सक्नेमा संका गरेको थियो । तर टिम घोषणा हुदा उनको नाम टिममा आएपछि आश्चार्यता देखिएको छ ।

Most Popular

To Top