International News

दोस्रो खेलमा इङग्ल्याण्ड विजयी

वेष्ट इन्डिज विरुद्धको दोस्रो एकदिवसिय खेलमा इग्ल्याण्ड एक सय २४ रनको भारी अन्तरले विजयी भएको छ । जितसंगै इग्ल्याण्डले पाच खेलको श्रीखलामा दुई शुन्यको अग्रता बनाएको छ ।

ब्रिस्टोलमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको इग्ल्याण्डले ५० ओभरमा नौ विकेट गुमाउदै तीन सय ६९ रन बनायो । उसका लागि मोयन अलीले एक सय दुई तथा जोय रुटले ८४ रन बनाए ।
जवाफमा वेष्ट इन्डिज ३९ ओभर एक बलमा दुई सय ४५ रनमा अलआउट भयो । उसका लागि क्रिस गेलले ९४ तथा कप्तान जेसोन होल्डरले ३४ रन बनाउदा बाकि खेलाडी सस्तैमा आउट भए । जसका कारण वेष्ट इन्डिज पराजित हुन पुग्यो ।

Most Popular

To Top