Everest Premier League

इपिएलमा सहभागि टिममा पुराना ५ वटा मालिक कायमै, मार्क्यु खेलाडीको घोषणा हुदै

बहुप्रतिक्षित एभरेस्ट प्रिमियर लिगमा सहभागि ६ वटा टिम, टिम मालिक तथा ६ वटा टिमका मार्क्यु प्लेयरको घोषणा हुदैछ ।

हालसम्म मार्क्यु प्लेयर को र कस्तो हुनेबारे आयोजकले केहि खुलासा गरेको छैन। प्रतियोगितामा सहभागी हुने ६ वटा टिम काठमाडौँ, ललितपुर, भैरहवा, बिराटनगर, बिरगंज र पोखरा सम्बन्धित हुने यस अघि नै आयोजकले बताईसकेको भएतापनि नाम भने खुलासा गरेको थिएन। सम्बन्धित टिमका मालिकहरुको समेत घोषणा भएको छैन।

योपालि एभरेस्ट प्रिमियर लिगमा सहभागी ६ मध्ये एक टिम बाहेक सबैको मालिक उही हुनेछन्। एभेरस्ट प्रिमियर लिगमा खेलाडीहरुको चयन अक्सनद्वारा गरिनेछ। प्रत्येक टिममा १ जना मार्क्यु खेलाडी हुनेछ भने प्रत्येक टिमले ३ जना विदेश खेलाडीहरु अनिबार्य सहभागी गराउनु पर्नेछ । डिसेम्बरमा आयोजना हुने प्रतियोगिताको मिति सार्वजनिक भएको छैन ।

ईपीएल बिजेता टिमले नेपाली घरेलु क्रिकेटकै सर्बाधिक पुरस्कार राशी २१ लाख रुपियाँ प्राप्त गर्नेछ l राउण्ड रोबिन लिग फर्म्याटमा आयोजना गरिने प्रतियोगिताको सबै खेलहरु टियु क्रिकेट मैदानमा आयोजना हुनेछ ।
प्रतियोगिताको प्रत्यक्ष प्रशारण गर्न एपीवानसंग ३ बर्षे सम्झौता भइसकेको छ । एपीवान टेलिभिजनले प्रतिबर्ष १ करोड रुपियाँमा एभरेस्ट प्रिमियर लिगसंग प्रशारण अधिकार खरिद गरेको हो l नेपाली क्रिकेट इतिहासमै यो सबैभन्दा ठुलो प्रशारण सम्झौता हो l

Most Popular

To Top